Home» Music »Feature

उदितनारायणकी बुहारी !
भर्खरै जुँगाका रेखी बस्न थालेका उदितनारायण झाका एक मात्र सुपुत्र आदित्यनारायण झा २० वर्षका मात्र भए । तर यो उमेरमै उनले पैसा कमाउन थालेका छन् । उनले जीटीभीको सारेगामा च्यालेञ्ज कार्यक्रम चलाउन थालेको चार महिना बढी भइसक्यो । तर हल्लाखल्ला शुरु भइसक्यो, कार्यक्रमकी सहभागी मौली दवेसँग यिनको सम्बन्ध झ्याँगियो भनेर ।

त्यसो त अत्याधुनिक विचारधाराका उदितपुत्र आदित्यले पनि आफूहरुबीचको सम्बन्धलाई लुकाएका छैनन् । भारतीय मनोरञ्जनका विभिन्न ब्लगहरुमा ती दुइको रोमान्स छरपष्ट भएका छन् । तर कार्यक्रमबाट आउट भईसके पनि यिनको रोमान्सको खबर
आउट भईसकेको छैन ।

बेलायतबाट भर्खरै पश्चिमा सङ्गीतमा स्नातक गरेर फर्किएका आदित्य र अमेरिकी एक विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गरेकी मौली दवेबीचको रोमान्स सारेगामा च्यालेञ्जसम्म मात्र सीमित रहने धेरैको अनुमान छ । कारण ? कारण के भने कार्यक्रम सकिएपछि उनी अमेरिका नै फर्किने बढी सम्भावना रहेको छ ।

तर उनी सबैभन्दा राम्रो सम्भावना भएकी गायिका र उनले सारेगामामा पछिसम्म आफ्नो दबदबा बनाइराख्न सक्ने खुबी रहेका कारण उनी उत्कृष्ट पाँचमा परेकी छिन् । उनलाई केही बलिउडिया सिनेमामा गाउने अफरसमेत आइसकेका कारण अमेरिकाको फ्लोरिडास्थित घर परित्याग गरेर बलिउडमै डेरा जमाउन सक्ने सम्भावना पनि देखिएको छ । आदित्य र मौलीबीच फूर्सदका रमाइला क्षणहरुमा सँगै देखिने गरेका कारण दुवैबीचको सम्बन्धलाई लिएर हल्ला हुन थालेको हो ।

इण्डियन आइडोलबाट बल्ल फूर्सद पाएका उदितले आफ्नो छोरोको कार्यक्रम सञ्चालन खुबी हेर्न शुरुताका आफैँ सुटुक्क गएका थिए । कार्यक्रममा बुवा, आशा भोस्लेलाई सँगै पाएपछि उनी केही नर्भस भएको पत्रकारहरुलाई बताएका छन् ।

जब प्यार किसी से होता है, परदेशजस्ता हिट सिनेमामा समेत बालकलाकारका रुपमा अभिनय गरिसकेका आदित्यले थुप्रै नेपाली चलचित्रमा समेत गाइसकेका छन् । उनले केही दिनअघि सारेगम च्यालेञ्जमा आफूले नै गाएको एक गीतमा नाचेर सबैलाई चकित पारिदिएका थिए । उनको सबै चालामाला हेर्दा उनी भविष्यमा गायनभन्दा पनि अभिनयमै रमाउने देखिएको छ ।

उदित र दिपा पनि आफ्नो छोरो जे बने पनि उसकै इच्छामा भर पर्ने बताइरहेका छन् । तर आदित्यको प्रेम रोमान्सका बारेमा चाहिँ उनीहरु मौन छन् । किनभने उनीहरुलाई थाहा छ, रोमान्स गर्ने समय पनि यही नै हो । गम्भीरतापूर्वक लिइहाल्ने समय आइसकेको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला विवाद रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार कन्सर्ट उपलब्धि ट्रयाक बाहिर भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,