Home» Around the World »Weird and Interesting

चुनावमा नग्नता !

पोल्याण्डमा अहिले चुनावी माहौल छ । नेपालमा संविधानसभाको चुनाव होला कि नहोला भन्ने दुविधामा परिरहेका बेला पोल्याण्डको चुनावमा चाहिँ एक जना महिलाको फोटो चुनावी प्रचार सामग्रीमा नग्न छापिएपछि विवादमा मुछिएको छ ।

पोलिस विमेन्स पार्टीका सात जना महिला उम्मेद्वारहरुले एउटा ठूलो विज्ञापन होर्डिङ बोर्डमा नग्न रुपमा फोटो खिचाएपछि तिनको विज्ञापन टाँसिएको छ र त्यो विज्ञापनले भन्छ- "द पार्टी अफ विमेन । पोल्याण्ड इज अ विमन ।"

यो पोष्टर शहरका मुख्य भागमा छाएपछि क्याथोलिक धर्मको प्रधानता रहेको यो देशमा निकै नै होहल्ला शुरु भएको छ । डेली टेलिग्राफका अनुसार लेखिका मानुएला ग्रट्कोस्काले यसमा धेरै हल्ला मच्चाउनु पर्ने त्यस्तो कुनै कुरा नभएको बताएकी छिन् । ग्रट्कोस्का त्यस पार्टीकी संस्थापिका समेत हुन् । उनले भनिन्- "पोल्याण्डमा अहिलेसम्म बनाइएका पार्टी पुरुषले पुरुषका लागि मात्र बनाएका छन् । हाम्रो उद्देश्य चाहिँ महिलाहरुले महिलाका लागि पार्टी बनाउने हो ।"

"अहिलेको होहल्ला चाहिँ सधैँ एकैनाशको काम गरिरहेका व्यक्तिहरुका लागि साँच्चिकै थप्पड हो", उनले भनिन् ।

उनले थपिन्- "हामी सुन्दर छौँ, नग्न र गर्वित पनि । हामी सत्यतामा विश्वास गर्र्छौँ र गम्भीर पनि छौँ । हामी शरीरका मात्र सुन्दर छैनौँ, आत्माका पनि । यो विज्ञापनले अश्लीतालाई पुट दिइरहेको छैन । यसलाई यौनका रुपमा देख्नु भएन । हाम्रा अनुहार र भावभङ्गिमाले सेक्स अपिल गरिरहेको छैन । बरु यी तश्वीरले हामीमा भएको विद्वता, गर्व र चासो प्रतिविम्विन गरिरहेको छ ।"

"यसमा हाम्रा ओठहरु खुला छैनन् न त आँखा मुदिएका छन् । यी चित्रले कहीँ कतै पनि यौनिकता झल्काएको छैन भने किन पुरुषहरुले यसमा हायतौबा मच्चाएका हुन् ? मलाई थाहा छैन", उनले बताइन् ।

आउँदो २१ अक्टोबरमा सम्पन्न हुन गइरहेको यस चुनावमा यो पार्टीले संसद्को अनुहार देखाउन चाहिने पाँच प्रतिशत मत पनि नपाउने कुरा विभिन्न किसिमको अध्ययनबाट देखिएको छ । तर अध्यक्ष ग्रेट्कोस्का चाहिँ आफ्नो पार्टीलाई अन्यहरुको समर्थन दिन प्रतिदिन बढिरहेको बताइरहेका छन् । खासगरी, पोल्याण्डका बहुचर्चित महिलाहरुले यसलाई चुनावमा मत दिलाउन निकै ठूलो कसरत गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो नग्नता फट्याइँ बलिउड श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी इन्टरनेट परिस्थिति गुगल मूर्ख्याइँ माया उदारता भव्यता सेक्स सेलेब्रिटी हलिउड जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read