Home» Around the World »Weird and Interesting

अर्को खञ्चुवा फेला परे

अमेरिकीहरु खानमा कति चासो राख्छन् भन्ने उदाहरण खोज्न अरु कतै गइरहनु पर्दैन, हालै लुजियानामा सम्पन्न वर्ल्ड ग्रिट्स् इटिङ च्याम्पियनशिप हेरे पुग्छ ।

उत्तरी अमेरिकाका बासिन्दालाई याङ्किज भनिन्छ अनि दक्षिणी भेगका लागि साउदर्नर । हालै सम्पन्न खञ्चुवाहरुको अर्को प्रतियोगितामा यस पटक उत्तरी भेगका बासिन्दा प्याट बर्र्टोलेटीले चार हजार डलर बराबरको पुरस्कार खाएरै हात पारेका छन् । उनी सिकागोका एक रेष्टुराँका भान्से पनि हुन् । उनले एकै पटकमा २१ पाउण्ड वजनको स्वादहीन बटरयुक्त खाना १० मिनेटभित्रै खाएर यो पुरस्कार हात पारेका थिए ।

ग्रिट नामक यो भोजन २ पाउण्ड वजनको थियो र यसलाई एउटा ट्रेमा पस्किइएको थियो । यी भोजन प्रत्येक ८ इन्च बाई ६ इन्चका मोटा थिए । प्याट, जसले यस पटक विजयी बनेका छन्, उनले सबैलाई चकित बनाएर सबैभन्दा बढी खाइदिएका थिए । उनले पछि एउटा विज्ञप्ति निकाल्दै भनेका छन्- "यस प्रतियोगिताले वास्तवमा मेरो भुँडीको क्षमता जाँच गरेको छ । यसभन्दा अघि कहिल्यै पनि यस्तो जाँच भएको थिएन मेरालागि ।"

यस प्रतियोगितामा जम्मा ९ जनाले मात्र भाग लिएका थिए । तर उत्कृष्ट तीन छानिएकाहरुले ६० पाउण्ड ग्रिट्स् भोजन गरेका थिए ।

यस कार्यक्रममा न्यूयोर्कका इटर एक्स भनेर चिनिने टिम जानुस दोस्रा भएका थिए । उनले २० पाउण्ड ग्रिट्स् भोजन गरेका थिए । तेस्रा हुने क्यालिफोर्नियाका जोए चेस्टनटले १९ पाउण्ड खान सकेका थिए । तर हालै भएको एउटा हट डग इटिङ च्याम्पियनमा उनले ६६ वटा हट डगलाई १२ मिनेटमै सिध्याएका थिए ।

ग्रिट्स् दक्षिणी अमेरिकाको एक प्रमुख खाद्यान्न हो । यो सामान्यतया खाजाका रुपमा प्रयोग गरिन्छ र यसमा बटर हाल्ने गरिन्छ । चिनी हालेर खाने चलन पनि रहेको छ ।

उत्कृष्ट सात गनिएकाहरुले १० हजार डलर पुरस्कार दामासाहीले बाँढेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला उपाय फट्याइँ हलिउड श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता सेक्स
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,