 |
Home» Around the World »Weird and Interesting |
दश लाख काँटी चोर पक्राउ

जर्मन प्रहरीले हालै एउटा चोरलाई पक्राउ गरेको छ । प्रहरीको दाबी छ, ती चोरले एउटा निर्माणस्थलबाट लाखौँ काँटी चोरेका छन् । एपी समाचार संस्थाका अनुसार ती चोरले चोरी गरेका काँटीलाई इन्टरनेटबाट बिक्री वितरण गरिरहेका छन् ।
३३ वर्षीय यी व्यक्तिको नामलाई अझै पनि प्रहरीले खुलस्त पारेको छैन । तर उनलाई आरोप लगाइएको छ, एउटा निर्माणस्थलबाट उनले हरेक दिन सात हजारभन्दा बढी काँटी चोरेर घरमा लैजाने गर्थे । लाखौँ काँटीहरु भएको त्यो निर्माणस्थलबाट हजारौँ चोरी हुँदा मानिसले शंका गर्ने काम पनि भएन ।
दुइ वर्षको काम गराईमा उनले ११ लाखभन्दा बढी काँटी चोरिसकेछन् । र, ती चोरिएका काँटीलाई उनले १ लाख ५५ हजार डलरमा इन्टरनेटका माध्यमबाट खुइँखुइँ बिक्री गर्दारहेछन् । उनले निकै गतिलो छुटका साथ काँटी बेचेका हुनाले उनका काँटी हारालुछ भएको प्रहरीको भनाइ छ ।
पछि उक्त निर्माण स्थलका कर्मचारीहरुलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान शुरु गरेपछि उनमाथि शंका लागेर अनुसन्धान शुरु गरेको थियो । गएको बुधबार उनलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । घरभरि उनले चोरेका तर बेचिन बाँकी काँटीहरु फेला परेको प्रहरीले बताएको छ । प्रहरीले उनमाथि कानूनी कारवाही अघि बढाउने बताइरहेको छ । | |
|
|
|
|
|
|
|
|
|
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |