Home» Around the World »Weird and Interesting


डायना मृत्युमा जासूसको हात !

राजकुमारी डायना र उनको अरबपति प्रेमी डोडी फायदको निधनको एक दशकपछि राजकुमारी डायनाको मृत्यु दुर्घटनामा नभई नियोजित भएको खुलासाले बेलायत र संसारलाई नै हल्लाएको छ । शंकास्पद मृत्युको छानविन गर्ने जनताका तर्फाटका एक बहुचर्चित न्यायाधीश स्कट बेकरले डायनाको मृत्युको कारण दुर्घटना नभई नियोजित रहेको बताएपछि संसारभर यसको चर्चा हुन थालेको हो । उनले डायनाको मृत्युका लागि राजकुमार फिलिप र प्रख्यात जासूसी संस्था एमआई ६ संलग्न रहेको उनको आरोप छ ।

न्यायाधीश बेकरले बेलायती उच्च न्यायालयमा हालेको यस मुद्दामा उनले यो आरोप राजसंस्थालाई विवादमा मुछ्न र राजप्रासादका सदस्यलाई अदालतको कठघरामा उभ्याउने र तिनको बेइज्जती गर्ने उद्देश्य भन्दा पनि सत्य के हो जान्ने अधिकारका कारण यो मुद्दा हालिएको बताएका छन् ।

यो दुर्घटना थियो कि रचिएको षडयन्त्र भन्ने खुलासाका लागि एउटा समिति गठन गरिने भएको छ र यो समिति त्यतिबेला बनेको छ, जतिबेला यस दुर्घटनामा संलग्न अधिकांश व्यक्तिहरुको मृत्यु भइसकेको छ । त्यसो त दुर्घटनास्थल फ्रान्सका प्रहरी र लण्डन प्रहरीबीच यो एउटा कार दुर्घटना हो, यसका चालक हेनरी पलले रक्सी मज्जाले पिएका थिए, कारको गति महाद्रूत थियो र यो सुरुङ्गी बाटोमा ठोक्किएर नमज्जाले दुर्घटनाग्रस्त भएको थियो भन्ने कुरामा साधारणतया दुवैतर्फा प्रहरीहरु सहमत छन् । तर डोडीका पिता मोहम्मद फायदले यो घटनालाई पुनर्जीवित गरिएपछि पहिलो पटक मुख खोल्दै भने- "मलाई विश्वास छ, यो दुर्घटना होइन- यसमा राजपरिवारको ठूलो षडयन्त्र छ ।"

दुर्घटनामा कारका चालक पल, ३६ वर्षीया डायना र ४२ वर्षीय डोडीको तत्काल मृत्यु भएको थियो भने अंगरक्षक ट्रेभर रिज जोन्स मात्र बच्न सफल भएका थिए । डायनालाई चाहनेहरुले डायना बच्ने सम्भावना भए पनि उपचारका क्रममा व्यापक हेलचेक्र्याइँ भएको बताएका छन् ।

न्यायाधीश स्कट बेकरले सर्बियाली नेता स्लोबोदान मिलोसेभिकलाई यस्तै कार दुर्घटनाको नाटक रचेर बेलायती जासूसहरुले उनको हत्या गरेकाले डायनाको हत्या पनि सोही शैलीको हुने आशंका गरेका छन् । एक महिनाभित्र नै यस मुद्दाको किनारा लाग्ने आशा गरिएको छ । त्यतिञ्जेलसम्म तपाइँ पनि उनीहरुको हत्याको अनुमान गरिरहनुहोस् । खबर पाउने बित्तिकै हामी तपाइँहरुलाई जानकारी गराइहाल्नेछौँ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो मुद्दा मामिला फट्याइँ बलिउड श्रीमानश्रीमती सुन्दरी इन्टरनेट परिस्थिति गुगल मूर्ख्याइँ माया उदारता नग्नता भव्यता सेक्स सेलेब्रिटी हलिउड जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,