 |
Home» Around the World »Weird and Interesting |
कार किन्दा कण्डम उपहार

थाइल्याण्डमा पछिल्लो समय एचआईभी एड्स पुनः विकराल रुप ग्रहण गर्ने एक अध्ययनले देखाएपछि त्यहाँको एक स्थानीय बैंकले किस्ताबन्दीमा कार किन्नेहरुलाई २० वटा कण्डम उपहारमा दिने घोषणा गरेको छ ।
सामान्यतया थाइल्याण्डका जनताहरु यौनका मामिलामा लजालु व्यक्तिका रुपमा संसारभर चिनिन्छन् तर छक्कलाग्दो कुरा के छ भने यही देशमा यौन उद्योगबाट संसारकै सबैभन्दा बढी आम्दानी हुने गर्दछ ।
थाइल्याण्डकै प्रख्यात बैंक क्यासिकर्नले "आत्मविश्वासका लागि कण्डम"का नाममा देशभरिका आफ्ना ६ सय शाखा-प्रशाखामा किस्ताबन्दीमा कार किन्नेहरुलाई २० वटा 'के' र 'के एक्सिलेन्स' ब्राण्डका कण्डम उपहारमा दिने भएको हो । यो योजना आउँदो नोभेम्बरबाट शुरु गरिने बताइएको छ ।
"२० वर्षअघि थाइ सरकारले एड्सविरुद्ध ठूलो सचेतना अभियान शुरु गरेको थियो तर त्यो फ्लप भयो", बैंकका प्रवक्ताले आफ्नो नाम नखुलाउने शर्तमा बताए- "त्यसयता कुनै अभियान परिचालन गरिएको छैन । हाम्रो उद्देश्य चाहिँ भर्खरका नवयुवक र नवयुवतीहरु एड्सबाट बचून् भन्ने हो ।"
थाइ स्वास्थ्य मन्त्रालयका अनुसार १५ वर्षो तुलनामा अहिले टीन एजर र होमो सेक्सुअलहरु गम्भीर रुपमा एड्सबाट संक्रमित हुन थालेका छन् । "यसको मुख्य कारण चाहिँ", रोग रोकथाम विभागका थवाट सन्त्राजर्नले रोयर्टसलाई भने- "हाम्रो चरित्र नै हो । हामी थाइ ज्यादै लजालु छौँ र कण्डम किन्न वा माग्नसमेत लजाउँछौँ ।"
"कुनै पसलबाट महिलाहरुले कण्डम किनेको देख्दा पसलेहरु नै वाल्ल परेर महिलाहरुलाई हेरिरहेका हुन्छन् । यस्तो अवस्थामा कण्डम किन्ने व्यक्ति आफूलाई ज्यादै अप्ठेरो महसूस गर्न पुग्छन्", उनले बताए ।
"बैंकको यो योजनाले कारवालाहरुले कण्डम त पाउने भए नै, जसलाई त्यो आवश्यकता छैन, उनीहरुले आफन्त या साथीभाइलाई दिने भए । पसलमा किन्न जानु नपर्ने भएका कारण पनि कण्डम प्रयोग गर्न उनीहरुलाई हिच्किचाहट हुने छैन होला !" हाँस्दै थवाटले बताए ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |