Home» Cinema »Feature

घाउमा मल्हम


नेपाली चलचित्रका कलाकार पवन मैनाली पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा परेका थिए । दुइ जना सवार उक्त दुर्घटनामा उनीसँगै यात्रा गर्ने व्यक्ति त केही महिनाको उपचारपछि सग्ला भए तर कलाकार मैनाली चाहिँ पाँच वर्षो अन्तरमा बोल्न सक्ने स्थितिमा पनि छैनन् ।

आफ्नो सारा सम्पत्ति उपचारका लागि लगानी गरेका मैनाली परिवारसँग अब अरुसँग सहयोगको याचना नगरे कुनै विकल्प नरहेपछि चलचित्र उद्योगसँग सहयोगको याचना गरेका छन् ।

राजधानीमा फेरि अर्को साइनोको प्रदर्शनी आरम्भको अवसर पारेर चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीको अगुवाईमा फेरि अर्को साइनो चलचित्रका निर्माता/निर्देशक नारायण पुरी तथा चलचित्र निर्देशक आकाश अधिकारीले कलाकार मैनालीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

निर्देशक पुरीले कलाकार मैनालीसहित शान्ति मास्के र गोपाल भुटानीलाई पनि जनही पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् । उनले सहयोग हस्तान्तरण कार्यक्रममा भने- "उहाँहरुको चलचित्र उद्योगलाई जुन योगदान छ, त्यो योगदानका हिसाबमा यो सहयोग केही पनि होइन । तर पनि यो सानो रकमले उहाँहरुलाई केही हुन सके, हामीलाई खुशी लाग्नेछ ।"

सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र निर्देशक आकाश अधिकारीले मैनालीलाई पाँच हजार पचपन्न रुपियाँ र नील डेविडले १० हजार रुपियाँ सहयोग रकम प्रदान गरेका थिए । सहयोगकर्ताहरुको भनाइ थियो- यो सानो सहयोगले उहाँको घाउमा मल्हमको काम गरोस् !


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह सेलेब्रिटी अभिनेता रिलिज सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,