Home» Cinema »Review

फेरि अर्को साइनो, कस्तो साइनो !

सिनेमाका कथाकारले यस चलचित्रको विषयवस्तुलाई यसरी अर्थ्याएका छन्- गैर सरकारी संघसंस्थाहरुले अनाथ र बेसहारा बालबालिकालाई मोफसलबाट राजधानीमा ल्याई कलंकी आइपुगेपछि अलपत्र पारेर छोडिंदिंदा खाते उपनाम पाउन बाध्य बालबालिकाको मार्मिक व्यथा ।

काठमाडौँमा आफूजत्रै उमेरको एउटा बालकले तिनलाई पाल्छ र ठूलो पार्छ, क्याम्पस पढाउँछ । तिनीहरु कलेजमा जान्छन्, एउटै केटीलाई दुइ दाजुभाइले प्रेम गर्छन् र अन्तिममा दाइले कान्छो भाइको लागि आफ्नो प्रेम बलिदान यस कारणले गर्छ कि ऊ यस संसारमा केही दिनको पाहुना हो भन्ने थाहा छ । उसलाई रक्त क्यान्सर छ र उसको सानो आयुमा केटीले गर्ने एकोहोरो मायामा आफूलाई समाहित गर्न सक्तैन ।

तर सिनेमा लेखकले अनाथ बालबालिकाको कथा भने पनि यो कतैबाट अनाथको चलचित्र छैन । शुरुवातमा टाउकोमा उनीहरु अनाथ भएकाले अर्का अनाथले पालेको कथा एउटा पक्ष छ र त्यो कथा उनीहरु ठूला हुँदानहुँदै सकिन्छ । त्यसपछि जब ती पालिएका केटाहरु कलेज पढ्न थाल्छन्, टुहुरोपनको कथा सकिन्छ र एउटा प्रेममय संसारमा प्रवेश गर्छन् । जहाँ नायक-नायिकाको मन परापर र त्यसमा आफ्नै भाइ मुख्य प्रतिद्वन्द्वि बन्न पुग्छ । यहाँ आइपुग्दा चलचित्र अनाथहरुको होइन, एउटा सम्पन्न परिवारका बिग्रिएको सन्तानको कथा बन्न पुग्छ र त्यहाँ अनाथ हुनुको पीडा छैन । क्याम्पसमा एकाएक उदाउँछे, एउटी परिचयहीन युवती । त्यसलाई प्रेम गर्ने होड चल्छ, दाजुभाइबीच ।

शुरुवातको केही मिनेटपछि चलचित्र यसरी अड्किन्छ कि कथा नै अघि बढ्न मान्दैन । दोस्रो चरणमा चलचित्र प्रवेश गर्दा बल्ल थाहा हुन्छ, चलचित्रका मुख्य नायकलाई ब्लड क्यान्सर रहेछ र ऊ आफ्नो पीडा लुकाएर बाँचिरहन्छ, ताकि आफ्नो उपचारले घरको आर्थिक दुरावस्थालाई अझै गाढा नबनाओस् । तर घरमा कति ऋण छ, उसको उपचार गर्न कति खर्च लाग्छजस्ता कुरालाई चलचित्रमा कहीँ खुलाइएको छैन ।

यसरी यो एउटा चलचित्र चरणबद्ध रुपमा तीन चलचित्रको स्वाद दिन सफल भएको छ । पहिलो चरणमा अनाथहरुको कथा बोकाएर, दोस्रो चरणमा प्रेमको कथा स्वाद चखाएर र तेस्रो चरणमा रक्त क्यान्सरले ग्रस्त एक रोगीको पीडा देखाएर । तर यी तीन वटै चरणबाट गुज्रिँदा दर्शकलाई कतै पनि रमाइलो अनुभव हुँदैन । बोझिल सम्वाद, बोझिल पटकथा र बोझिल निर्देशनका कारण चलचित्र हेर्नलायक बन्न सकेको छैन । बरु एक दृश्यमै निखिल उफ्रेर आउँछन् र दर्शकको ताली पाउन सफल हुन्छन् ।

चलचित्रका निर्देशक यसको सन्देश यसरी परिभाषित गर्छन्- रगतको साइनोभन्दा मानवीय भावनाको साइनो बलियो र प्रगाढ हुन्छ । तर रक्त क्यान्सरग्रस्त काका र उसकी भतिजीबीचको गम्भीर समझदारी र प्रेम चलचित्रमा कहीँ पुष्टि गर्ने प्रयास गरिएको छैन । भाउजु र दुइ देवरबीचको गाढा प्रेम र मायालाइ कतै खुलाइएको छैन । यस्तो अवस्थामा चलचित्र खल्लो खिचडी सावित भएको छ र लाग्छ, नारायण पुरीले निर्देशनका कखग सिक्न अझै बाँकी छ ।

यो सिनेमाले उति राम्रो व्यवसाय गर्ला भन्ने लाग्दैन । किनभने तीन वर्षघि नै बन्न थालेको र आर्थिक कारणले पर््रदर्शनमा रोकिएको यो चलचित्रमा जुन कलाकारहरुको भीड उपस्थित गराइएको छ, ती सबै आउट डेटेड छन् । उत्तम प्रधान सिक्किम बस्न थालेको निकै भइसकेको छ । झरना वज्राचार्यले बम्बईमा नै डेरा जमाएको पनि वर्षदिनभन्दा बढी भइसक्यो । यस्तो अवस्थामा दिलिप र निखिलको अनुहारले चलचित्र चल्ला भनेर आँकलन गर्नु मूर्खता हुनेछ । चुस्त पटकथा र त्यस्तै निर्देशनको अभावका कारणले यो चलचित्र नेपाली चलचित्र उद्योगमा संख्या थप्नु बाहेक अन्य योगदान दिन सक्दैन ।

प्रमुख कलाकारहरुः दिलीप रायमाझी, उत्तम प्रधान, मेलिना मानन्धर, झरना बज्राचार्य, प्रिया रिजाल, शान्ति मास्के, गोपाल भुटानी आदि ।

निर्माण संस्थाः अ क्रियटिभ ग्रुप मुभि मेकर्स प्रालि
निर्देशकः नारायण पुरी
प्रस्तुतिः खेम राई
कथाः उत्तम प्रधान
आलेखः विकास आचार्य
संगितः सचिन सिंह
नृत्यः बसन्त श्रेष्ठ
द्वन्द्वः राजेन्द्र खड्गी
छायाकनः उमेश श्रेष्ठ र कुमार बखती
सम्पादनः शिव पुरी

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,