Home» Around the World »Weird and Interesting

चित्रलाई चुम्बन गर्दा २० लाख क्षतिपूर्ति

आफूले आफैँलाई कलाको पारखी भएको दाबी गर्ने व्यक्तिले प्रदर्शनीमा राखिएको एक चित्रमा बाक्लो रातो लिपिस्टिक लगाएर चुम्बन गरी चित्रलाई नै खराब पारिदिएको आरोपमा अदालतले उनलाई गएको मंगलबार २० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

दक्षिणी फ्रान्सको एभिग्नन शहरस्थित अदालतले साम रिण्डीले चित्रमा लिपिस्टिक पोतेर चुम्बन गर्दा अमेरिकी कलाकार सी वम्बलीको चित्रमा दाग बस्न गएको थियो । कलाकार सी वम्बलीले ती चुम्बनकर्ता रिण्डीसँग ४ हजार ५ सय यूरो तिराइदिन अदालतमा मुद्दा हालेका थिए ।

चित्रका मुख्य मालिक भोन लाम्बार्टले आफ्नो चित्रको क्षतिपूर्तिबापत २० लाख डलर चाहिने दाबी गरेपछि अदालतले अझै ३३ हजार ४ सय यूरो रिण्डीलाई तिराउने निर्णय गरेको हो । कलाकार लाम्बार्टले त्यो चित्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन त्यति खर्च लाग्ने दाबी गरेका हुन् ।

कम्बोडियामा जन्मिएकी रिण्डी पनि कलाकार हुन् । सन् २००७ को जुलाई महिनामा प्रदर्शनी कक्षमा झुण्डिएको उक्त चित्रप्रतिको मोहले आफूले आफैँलाई रोक्न नसकेकाले यस्तो घटना घट्न पुगेको बताएकी छिन् ।

रिण्डीका वकिलले अदालतमा भनेका छन्- "चित्र हेरेपछि मेरी मुवक्किलले आफूलाई थाम्नै सकिनन् महोदय त्यसैले उनले चित्रमा चुम्बन गर्न पुगिन् । यो उनको चुम्बन कुनै दुर्भावना नभई यो प्रेम अभिव्यक्तिको एउटा शैली भएको अदालतमा वकिलले बयान दिएका छन् ।

प्रेममा चुम्बन गर्न दुइ तर्फी सहमति हुनुपर्ने कारण देखाउँदै अदालतले वकिलेको उक्त बचावटपूर्ण भनाईलाई रद्द गरिदिएको छ ।

यसअघि ३० वर्षीया रिण्डीले पत्रकारहरुलाई भनेकी थिइन्- "मेरो चुम्बनले चित्रकलामा थप रङ थपिएको छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: