Home» Music »Feature



दरबारमार्गमा एक साँझ

दशैँ आयो... ।
के गर्ने त ?
रमाइलो गरौँ न !
तर कहाँ जाने ?
पख म तिमीलाई एउटा यस्तो ठाउँ बताउँछु, जहाँ हामी केही साथीहरु केही दिन पहिले गएका थियौँ !
भन न त !

केही साथीहरुसहित हामी दरबारमार्गको नर्लिङ गजल रेष्टुराँमा छिर्‍यौँ ।
अनि ?
अनि ? अनि के भयो भने हामी त्यहाँ पुग्दा रेष्टुराँ टम्म थियो तर हाम्रै लागि राखिदिए झैँ एउटा राम्रै टेबुल खाली देख्यौँ । त्यतिबेला रेष्टुराँका गायक निशान भट्टराई मज्जाले हिन्दी गीत गाउँदै थिए ।
खासमा त त्यो गजल रेष्टुराँ हो नि होइन ?
अँ, तर त्यहाँ गजलभन्दा पनि अरु नै गीत चल्तीमा रहेछन् ।
किन नि ?
किन हुनु नि ! जो पनि खान आउँछ, बहाना बनाएर नाच्न खोज्छ ।
बहाना ? कस्तो बहाना ?
कसैको पेट ठूलो, पेट घटाउनु पर्‍यो । कोही नाच्न जान्ने, अरुलाई देखाउनु पर्‍यो । कोही भिडभाडमा राम्रा तरुनीतिर आँखा लगाउनु पर्‍यो । कोही नाच्न नजानेकोमा पछुतो मान्दै सिक्ने मौका यही हो भन्दै हल्लिनु पर्‍यो । यी यावत् कारणले यो गजल रेष्टुराँ लाइभ कर्न्र्सट कार्यक्रमजस्तो थियो ।
त्यो गजल रेष्टुराँको खासियत के रै'छ त ?
खासियतै खासियत । मीठो खाना, सहयोगी वेटर (वेट्रस पनि छन्) अनि मूलतः साधिएको गला भएका निशान भट्टराई ।
तिम्ले त प्रचारै गर्यौ नि, निशानले विज्ञापन गरेको पैसा देला !
(खित् खित् खित्) दिए त मोज नै हुन्थ्यो ।
किन नि ?
दशैँ राम्रैसँग बित्थ्यो ! (खित् खित् खित्)
आ... छोडिदेऊ.. बरु भन... त्यसपछि के भो ?
अँ... के भो भने...गायिका अलि ढिला आइन् ।
किन नि ?
खै त्यो त उनी नै जानून् ! तर पछि निशानले भन्दै थिए... आज मेरो चित्त दुखेको छ... तर पछि दुइ जनाको ट्युनिङ मिल्यो । थाहा छ ?
अहँ थाहा छैन त ! तिमीले भनेकै छैन अनि कसरी थाहा हुनु ?
भन्छु नि त ! त्यहाँ धराने एक मोडल पनि आएकी रहिछन् । मैले त चिनेको थिइनँ तर पछि गाइँगुइँ चल्यो ।
किन गाइँगुइँ चल्यो ?
तिनले खै कुन हो भिडियोमा खेलेकी थिइन् रे ! तिनको नाम चाहिँ विजया राई रे, क्या !
अँ अँ... अनि ?
पहिला त उनी निशानसँग यति धेरै मस्किइन् कि कुरै छाडौँ ! अनि तिनले राम्रोसँग जिउ हल्लाउँदै नाच्न थालिन् ।
भिडियोमा नाचे झैँ ?
अँ... हौ । भिडियोमा त बरु त्यति राम्रो नाचेको जस्तो लागेको थिएन, तिनले लाइभ् नाचेर त धेरैको मन जितिन् । केटी साथी बोकेर ल्याएकी रै'छिन् तिनीसँगै उनी रमाइरहिन् ।
राम्री थिइनन् र ?
किन नि ?
होइन, त्यो उमेरमा पनि केटा साथी नपाउनु त जवानीको धिक्कारै हो नि !
खै... हामी के जानौँ ? तर अर्की केटी साथी चाहिँ भर्खरै नाच्न सिक्न थालेकी जस्तो लाग्यो ।
ए... ए... त्यसपछि के भो ?
ती दुइ जना नाच्न थालेपछि तिनलाई धक्का लगाउन र आफ्नो फूर्ति दिलाउन केही केटाहरु त्यहीँ आइपुगे । त्यो मौकामा चाहिँ एक जना महिलाले ज्यादै हँसाइन् ।
हँसाइन् ?

अँ... किनभने अन्दाजी ४५ वर्षी उनले यस्तो हिमाली पाराले नाचिदिइन् कि उनको जाँगर देखेर कुर्सीमा रक्सी मात्र खाइरहने युवाहरुलाई उपद्रो जोश आयो र नाच्ने ठाउँ पूरै भरियो ।
अनि यसमा हाँस्नु पर्ने कुरा के छ त ?
त्यो त केही छैन, उनको दाँत चाहिँ खुल्दा नहाँसे पनि हाँसिरहेजस्तो देखिने भएकाले मलाई उनको दाँत देखेर हाँस उठेको हो ।
छ्या तिमी पनि । हाँस्ने अनेक कारण हुँदाहुँदै तिमी दाँत देखेर मात्र हाँसिदिन्छौ ।
खैर.. त्यसपछि फ्लोर खाली भयो ।
नाच्ने ठाउँ ?
अँ... ।
किन नि ?
रेष्टुराँ चलाउनेहरु ज्यादै बाठा हुँदा रहेछन् । जत्ति बेला पनि नाच्ने गीत मात्र गायो भने त रक्सी खान छाडेर मान्छेहरु नाच्या नाच्यै गर्छन् । कतिबेला खाना अर्डर गर्नु - कतिबेला रक्सी अर्डर गर्नु - कतिबेला सँगैमा आएका साथीसँग थोरबहुत आफ्नो 'फस्ट्रेशन' पोख्नु - निशान भट्टर्राई यसमा चलाख निस्के । उनले ती सबैलाई सबै किसिमको फूर्सद दिलाए, स्लो गीत गाएर ।
(खित् खित् खित्...)
किन हाँस्या ?
गज्जब लागेर !
अँ सुन । एउटा रहस्यको कुरा खोतल्छु ।
कस्तो रहस्य ?
यी निशान भट्टराई कस्ता बाठा भने... जो गायक कलाकार उनकहाँ गयो... उसैको गीत मिठो पाराले गाइदिने ।
कसरी ?
एक पटक म राजेशपायल राईसँग त्यहाँ गएको थिएँ... निशानले त घुम्न जाउँ धरान पो गाइदिए ।
किन होला ?
त्यसो त निशान पनि त धराने नै हुन् नि !
ए हो र !
लौ त्यति पनि थाहा छैन ? अनि राजेश पनि कम फुर्के छैनन् !
कसरी नि ?
ओहो... यसले त मेरो गीत गायो भनेर खुरुक्क पर्सबाट नोट निकालेर निशानको हातैमा पो राखिदिए ।
ए हो र ? कति थियो ?
धत्... सोध्न मिल्यो ? तर एउटा कुरा चाहिँ मलाई गज्जब लाग्यो ।
कस्तो गज्जब ?
छेउकै महिला गायिकालाई पनि तिमीलाई जस्तै चासो लागेर होला, पैसा राखे ठाउँमा आँखा गाढेर हेरिन् ।
उनको आँखाले के बतायो त ?
मेरो विचारमा एउटा सयको नोट थियो होला । किन भने उनको अनुहारले त्यस्तै बताइरहेको थियो ।
अनि...?
अनि के भयो भने नाच्ने कार्यक्रम सकिएपछि खाने कार्यक्रम भयो । मैले टन्न नेपाली खाना खाएँ । बडो स्वादिलो थियो ।
भो भो यहाँभन्दा बढी कुरा नगरौँ ।

किन नि ?
निशान भट्टराईको दरबारमार्गस्थित नर्लिङ रेष्टुराँमा मान्छेको घुइँचो लाग्ला नि ?
लागे के भो, एउटा नेपालीको रेष्टुराँ चल्यो, त्यहाँ काम गर्ने कामदारको घरमा चुलो जल्ने भो !
त्यो त ठीक यार !
म सधैँ ठीक कुरा गर्छु । लौ जाऊँ त्यही ठाउँमा... ।
लौ त लौ ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
पेज थ्री रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार भिडन्त हल्ला विचार विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता