Home» Around the World »Weird and Interesting

पार्टीको रौनक युट्युबमा चुहिँदा...

आफ्नो टीन एजर छोरालाई बाउले नाक फुट्ने गरी हिर्काएपछि बाउलाई प्रहरीले पक्राउ गरेको छ । छोराको दोष यति मात्र थियो, घरमा आफ्नो १८ औँ जन्मोत्सवको अवसर पारेर उनले पार्टी दिएका थिए र त्यो पार्टी-भिडियो उनले युट्युबडटकममा पोस्ट गरिदिएका थिए ।

त्यसो त बाउले टिन एजर छोराको नाक भाँचिने गरी हिर्काउनुको कारण यु ट्युबमा पोस्ट गरेको भिडियो मात्र कारण भने होइन । त्यो भिडियोको कारण बाउलाई थाहा भयो, आफ्नो घरमा भएका रक्सीका बोतलहरु कसरी सखाप भएछन् ! नबोलाइएका एक सयभन्दा बढी टीन एजर केटाहरुको झुण्डले घरमा पार्टीको रामरमाइलो मात्र लिएनन्, घरमा भएका स्याम्पेन, ह्वीस्कीसमेत चोरिदिए । त्यति मात्र कहाँ हो र ! टन्न पिइसकेपछि तिनले घरको झ्याल पनि राम्रैसँग फुटालिदिए ।

त्यसपछि त इञ्जिनियर बाबु डेविड वर्थी, ५३, को कन्पारो तातिहाल्यो । त्यसैले रिसको झोँकमा आफ्नै छोराको नाक थेप्चिने गरी हानिदिए । मज्जाले चुटाई खाएपछि प्रहरीले हेलिकप्टरमा छोरालाई उपचारार्थ अस्पताल लगेको समाचारसूत्रले जनाएको छ ।

तर कथा यत्तिमै सकिएको छैन । पार्टीमा आफूहरुलाई नबोलाइएको झ्वाँकमा त्यहाँका स्थानीय अरु केटाहरुले घरमा तोडफोड मात्र गरेनन्, परिवारका अन्य सदस्यलाई घरबाहिर ननिस्किनसमेत चेतावनी दिइएको छ । रोयर्सट समाचारलाई पेशाले नर्स सुसान वर्थी, ५२, ले भनिन्- "घरका सिसा र घरका रक्सी त रित्तिए नै बाहिर निस्कनसमेत गाह्रो भयो । उनीहरुलाई पार्टीमा नबोलाइएकोमा जबरजस्ती घरमा घुस्न त घुसे, त्यतिले मात्र उनीहरुलाई चित्त बुझिरहेको छैन ।"

"हामीलाई बाहिर निस्कनसमेत डर लागिरहेको छ", उनले थपिन् ।

तर यु ट्युबमा भएका भिडियो उनकै छोराले चाहिँ पोस्ट नगरेको बताएका छन् । अरुले नै घरमा भएको तोडफोड, त्यसअघिको रामरमाइलो सबै कुराहरु पोस्ट गरिएका छन् ।

छोरा क्रिस्टोफरले ३० जना मात्र निम्तालुलाई घरमा पार्टीको लागि बोलाएको थियो तर जम्मा भए सय जनाभन्दा बढी । र, ती हुलले घरको गेट समेत तोडफोड गर्दै पार्टीमा छिरे र तिनले एकै छिनमा घरलाई कुरुक्षेत्र बनाइदिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट सुन्दरी बलिउड माया सेलेब्रिटी श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read