Home» Around the World »Weird and Interesting

योनीलाई पुनः डिजाइन गर्नुस्



तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ । आउनुहोस्, आज यसै विषयमा छक्क परौँ ।

बेलायती मेडिकल जर्नलमा प्रकाशित एक समाचार अनुसार महिलाहरुमा योनीलाई आकर्षक बनाउने नयाँ चलनको शुरुवात् भएको छ । प्लास्टिक सर्जरीबाट आफ्नो योनीलाई आकर्षक र लोभलाग्दो बनाउन महिलाहरु ज्यान दिएर लाग्ने गरेको उक्त जर्नलले बताएको हो । यसलाई 'ट्याब्लोइड' पत्रिकाहरुले नयाँ शब्द दिएका छन्- डिजाइनर भेजिनाज् ।

डिजाइनर भेजिनाज् वास्तवमा सजिलो सौन्दर्य सर्जरी होइन । यसमा जुन किसिमको क्रमबद्धताअनुरुप जानु पर्दछ, त्यसलाई इलेक्टिभ जेनिटोप्लास्टी भनिन्छ । यसमा योनीको बाहिरी भाग खुर्किइने वा आकारलाई परिवर्तन गर्ने गरिन्छ । योनीलाई छोट्याउने, योनी छोप्ने छालालाई खुर्किने वा त्यसलाई आकर्षक रुप दिने क्रम हुन्छ ।

रोचक के छ भने यो कठिन शल्यक्रियामा महिलाहरुको रुचि केही समययता बढ्दै जान थालेको छ । यस्तो किसिमको शल्यक्रियाले महिलामा हुने यौनप्रतिको रुचि र इच्छामा गम्भीर असर पार्ने देखिएको भए पनि महिलाहरुको रुचि निकै बढ्दै गइरहेको छ र यसले फेशनको आकार ग्रहण गरिसकेको छ ।

बेलायती मेडिकल जर्नलले उक्त कस्मेटिक सर्जरीपछि कस्ता किसिमका समस्या देखापरे भनेर अध्ययन गरिनुपर्ने र त्यस्ता समस्याप्रति गम्भीर रुपले छलफल हुन नसकेकोमा चिन्ता व्यक्त समेत गरेको छ । तर लण्डन गाइनोकोलोजिस्ट सराह क्रेग्टन र क्लिनिकल साइकोलोजिस्ट लि मेइ लिआओले चाहिँ त्यस किसिमको सर्जरीमा भाग लिएका महिलाहरुसँग कुराकानी गरी सानो किसिमको सर्भे गरेका छन् । जुन सर्भेअनुसार योनीको शल्यक्रियापछि आएको केही समस्याका कारण जीवनशैलीमा केही परिवर्तन आएको बताएका छन् । जसमध्ये, कसिला लुगा लगाउन अप्ठेरो हुने गरेको, साइकल चलाउन गाह्रो हुने गरेको, केही आसनका यौन क्रियाकलापमा अप्ठेरो हुने गरेको आदि समस्या बताएका थिए ।

जेनिटोप्लास्टीका लागि महिलाहरुले सामान्यतया विज्ञापन र यौनप्रधान भिडियो सामग्रीहरुलाई हेरी त्यसै अनुसारको बनाउनलाई जोड दिने गरेका छन् । यस्तो किसिमको सर्जरीले महिलाहरुको यौनइच्छालाई समेत प्रभावित पार्नसक्ने चिकित्सकहरुको राय छ । त्यसैले योनीलाई आकर्षक बनाउने धुनमा यौनइच्छालाई प्रभावित हुने गरी सर्जरी नगर्न चिकित्सकहरुको राय छ । तर पनि जुन किसिमले आकर्षक विज्ञापन हुन थालेको छ, त्यो विज्ञापनको प्रभावमा परेर दिनदिनै नयाँ नयाँ महिलाहरु आफ्नो यौनाङ्गलाई आकर्षक बनाउन ओइरिने गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
प्रविधि सेक्स हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: