 |
Home» Cinema »Feature |
सिनेमाप्रेमीका लागि
विश्वभरका राम्रा सिनेमाप्रति रुचि राख्नु हुन्छ भने राजधानीका केही उत्साही युवाहरुको प्रयासतिर पनि ध्यान दिनुहोस् । तिनले राजधानीस्थित गुरुकूलमा हरेक दोस्रो सोमबार संसारभरका प्रख्यात निर्देशकका प्रख्यात सिनेमा देखाउने प्रयास गरिरहेका छन् ।
सिने संकिपा नामक संस्थाले गुरुकूल स्कूल अफ थिएटरको सहयोगमा हरेक दोस्रो सोमबार प्रख्यात सिनेमा देखाउने क्रमको शुरुवात गरेको छ । एक महिनायता शुरु भएको यस प्रयासमा शुरुवाती चरणमा इङमान बर्गमानका दुइ चलचित्र प्रदर्शित भइसकेका छन् । बर्गमानको हालै निधन भएकाले तिनको सम्झना स्वरुप दुइ चलचित्र देखाइएका हुन् ।
यहाँ चलचित्र मात्र हेरिने छैन अपितु देखाइएका चलचित्रमाथि छलफलसमेत चलाइन्छ । त्यसैले पनि दर्शकहरु हेरेका चलचित्रमाथि छलफल गर्न रुचाइरहेका सिने संकिपाका कोअर्डिनेटर फिडेल देवकोटाले इनशाडटकमलाई जानकारी गराए ।
दर्शकले १० रुपियाँमा विश्वस्तरको सिनेमा मात्र हेर्न पाउने छैनन् कि साथमा चियासमेत पिउन पाउने छन् । यदि तपाइँ पनि सिनेप्रेमी हुनुहुन्छ र विश्वप्रख्यात चलचित्रबारे जान्नु हुन्छ भने तपाइँले पनि आफूलाई मन लागेको चलचित्र हेर्न सिने संकिपालाई घच्घच्याउन सक्नु हुनेछ ।
सिने संकिपामा गुरुकूलका कूलगुरु सुनील पोखरेल, दीपेन्द्र वज्राचार्य, जीवेश रायमाझी, प्रवेश गुरुङ, फिडेल देवकोटा, सौगात मल्ल तथा फ्रेण्ड्स अफ गुरुकूलको प्रत्यक्ष सहभागिता रहेको छ ।
यस चरणअन्तर्गत आज अक्टोबर २९ मा सेन्ट अफ ग्रिन पपेया देखाइने छ । एन हुन तानद्वारा लिखित निर्देशित यो चलचित्र सन् १९९३ मा रिलिज भएको थियो र फ्रान्सका तर्फबाट अस्कर अवार्डका लागि अफिसियल सेलेक्सनसमेतमा परेको थियो । | |
|
|
|
|
|
|
|
|
|
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |