Home» Music »Feature

अब बीबीसीमा गायन स्टारको खोजी

बीबीसी रेडियोले संसारभरका नयाँ सङ्गीतकर्मीहरुलाई स्टार बनाउने योजना अघि सारेको छ । उसले आफ्नो विश्व सेवा ७५ वर्ष पुगेको उपलक्ष्यमा संसारभरका सङ्गीतकर्मीहरुलाई आफ्ना रचना उसकहाँ पठाएर संसारभर आफ्नो ख्याति बढाउन अनुरोध गरेको हो ।

अहिलेसम्म एल्बम ननिकालेका व्यक्ति वा समूह (ब्याण्ड) ले मात्र यस प्रतियोगितामा भाग लिन पाउने छन् ।

तपाइँले सोच्नु होला, बीबीसी विश्व सेवाले त अंग्रेजीमा गीत सुन्ने छ । यदि तपाइँ अंग्रेजीमा पोख्त हुनुहुन्न र आफ्नै लोकभाका, सुगम सङ्गीत र शास्त्रीय सङ्गीत मात्र जान्नु हुन्छ भने पनि केही छैन । बीबीसी नेपाली सेवाले पनि सोही अवसरमा नेपाली गायक-गायिकाहरुले सो प्रतियोगितामा भाग लिनसक्ने बनाएको छ । यदि तपाइँ यसमा उत्कृष्ट ठहरिनु भयो भने बीबीसीको विश्वस्तरीय गायन प्रतियोगितामा स्वतः प्रतिस्पर्धी हुनु हुनेछ ।

बीबीसी विश्व सेवाले द नेक्स्ट बीग थिङ भनी यो प्रतियोगिता अघि सारेको हो । अघिल्लो वर्ष पनि उसले यो प्रतियोगिता गरेको थियो, जसमा सिल्भा नामक अमेरिकीले यो प्रतियोगिता जितेकी थिइन् ।

तपाइँ पनि भाग लिने होइन त ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो गायिका प्रेम र विवाह रुचि कन्सर्ट सङ्गीतकार नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री गायक विचार समुद्रपार
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read