Home» Around the World »Weird and Interesting

आफ्नो दूध बेच्न विज्ञापन



आफ्नो छातिबाट लगातार पोषिलो दूध बग्न थालेपछि अमेरिकाको इओवाकी एक महिलाले उक्त खेर गइरहेको दूधलाई बेच्ने निर्णय गरेकी छिन् । त्यसका लागि उनले एउटा पत्रिकामा विज्ञापनसमेत गराएकी छिन्- इच्छुक दूध क्रेताहरुका लागि ।

२२ वर्षीया मार्था हेलरले द गजेट पत्रिकामा १०० औँश उनको दूधलाई मात्र २ सय डलर रकम तोकेकी छिन् ।

गएको अगस्त महिनादेखि उनको छातिबाट धाराप्रवाह दूध निस्कन थालेपछि उनले प्रिmजमा सङ्कलन गर्दै आइरहेकी छिन् । उनकी चार महिने छोरीले बोतलबाट आफ्नी आमाको दूध नचुस्ने हुनाले बढी भएको दूधलाई उनले पम्पबाट तान्दै फ्रिजमा राख्ने गरेकी थिइन् ।

यता उनले आफ्नो दूधलाई इओवा विश्वविद्यालयको मदर्स मिल्क बैंकमा समेत जम्मा गराउने भएकी छिन् । तर एक सय औँसको दूध उनलाई नबेची भएको पनि छैन । यता आमाहरुको दूध बैंकमा दूध जम्मा गराउन उनी एउटा 'स्क्रीनिङ प्रोसेस'मा सहभागी समेत बनेकी थिइन् ।

मर्सरी मेडिकल सेन्टर सेडार रेपिडकी लिण्डा क्लेनले आमाहरुको यस्ता दूधलाई ६ महिनासम्म चिस्यानमा राख्न सकिने र उपयोग गर्न सकिने बताएकी छिन् ।

आफ्नो दूध बेच्नलाई बाधा पर्लाकी भनेर मार्थाले स्थानीय इओवाको कानूनलाई मज्जाले अध्ययन गरेको उनले बताएकी छिन् । "तर यस सम्बन्धी एउटा पनि कानून मैले पाउन सकिनँ", निराश हुँदै उनले बताइन् । यता इओवाको जन स्वास्थ्य विभागका प्रवक्ता डन म्याकोर्मिकले महिलाहरुको दूध बेच्नका लागि कुनै पनि कानूनी अवरोध भएको आफूलाई थाहा नभएको बताएका छन् । तर महिलाहरुले आफ्नो दूध बेच्नेतर्फभने स्थानीय राज्यका स्वास्थ्य अधिकारीहरुले चाहिँ नकरात्मक धारणा रहेको बताए ।

तर विज्ञापन छापिएपछि एउटा पनि कानून विभागबाट सोधखोजका लागि फोन नआएको बताएकी छिन् । त्यसो त उनको दूध बिक्रीमा छ कि छैन भनेर जिस्क्याउन एउटा कल चाहिँ आएको उनले बताएकी छिन् । त्यसउपरान्त अन्य जिज्ञासुहरुको फोन वा सोधखोज नभएको उनले एपी समाचार संस्थालाई बताइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय उदेकलाग्दो बलिउड सुन्दरी फट्याइँ श्रीमानश्रीमती इन्टरनेट मुद्दा मामिला परिस्थिति माया सेलेब्रिटी नग्नता उदारता गुगल भव्यता हलिउड सेक्स मूर्ख्याइँ विज्ञापन कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,