Home» Music »Feature

कुटुम्ब खोज्दै पनौती र बनेपा


वाद्ययन्त्र बजाउनमा नाम कमाइरहेको समूह कुटुम्बले राजधानी केन्द्रित सङ्गीतमा मात्र चित्त बुझाइरहेको छैन । कात्तिक १८ देखि उसले चार दिनसम्म बनेपा र पनौतीका स्थानीय बाजाका धुरन्धर गुरुहरुसँग स्थानीय धुन सिक्ने काम गरिहरेका छन् ।

"हामीले यो आवश्यकता किन देख्यौँ भने स्थानीय धुनका बारेमा स्थानीय व्यक्तिहरुलाई नै चासो लाग्न छाडिसक्यो", कुटुम्बका प्रवक्ता भूषणले भने- "यस्तो अवस्थामा नयाँ पुस्ताले पुराना धुन र सिर्जना बिर्सियौँ भने हाम्रो पुस्तापछि एउटा पूरा सांस्कृतिक धरोहरको अन्त्य हुन्छ ।"

नयाँ चेलाहरुरहित गुरुहरुसँग आफू चेला बन्न पुगेका कुटुम्बका सदस्यहरुले बनेपा र पनौती दुवै ठाउँमा राम्रो स्वागत पाएका छन् । र, यो शिक्षण क्रममा उनीहरुले विहार धुन सिक्ने अवसर पाएका छन् । विहार धुनका बारेमा महत्व बताउँदै भूषण थप्छन्- "यो धुन सिर्जना गर्ने गुरु बित्नु भएको २५ वर्ष भइसक्यो र पूरा शहरमा यो धुनका बारेमा राम्रोसँग जानकार एक व्यक्ति मात्र फेला पार्‍यौँ र उहाँबाट नै त्यो धुन हामीले सिकेका छौँ ।"

विहार धुनका एक मात्र जानकार हरि दुवालले त्यसो त धुन गुन्गुनाएर कुटुम्बलाई सुनाउनु भयो र कुटुम्बले त्यसपछि शुरुमा बाँसुरीमा टिप्यो र पछि अन्य बाजाहरु थपेर त्यस धुनलाई आकर्षक सङ्गीतमा लेपन गरेको छ । कुटुम्बको अनुभव छ- "बनेपा र पनौतीका धुनहरु काठमाडौँ उपत्यका तीन शहरका धुनभन्दा पृथक र क्लिस्ट छन् । त्यो सिक्न हामीलाई नै धौ धौ पर्‍यो ।"

कुटुम्बको स्थानीय सङ्गीतप्रतिको यो चासोले स्थानीय सङ्गीतकर्मीहरुलाई पनि यसप्रति अझ बढी गम्भीर हुन सिकाउने स्थानीय व्यक्तिहरुको भनाइ छ । कुटुम्बको यो शिक्षण यात्राले उनीहरु आफैँलाई मात्र शिक्षित गराएन, स्थानीय व्यक्तिहरुलाई आफ्नो सङ्गीत र संस्कृतिप्रति चासो बढाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! रिलिज लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान तातोपीरो सङ्गीतकार कन्सर्ट रुचि उपलब्धि नेपाली तारा गायक गीतकार भिडन्त विचार हल्ला विवाद बजारमा पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,