Home» Around the World »Weird and Interesting

पिउनलाई शिक्षिकामा बढुवा !


रोमानियाको एउटा विद्यालयमा सरसफाईको काम गर्ने साधारण महिलालाई त्यस स्कूलको शिक्षिकाका रुपमा बढुवा गरिएको एनानोभा समाचार एजेन्सीले जनाएको छ ।

रोडिका साण्डुलाई निम्ट काउन्टीस्थित तेलेग गाउँको प्राथमिक स्कूलमा अंग्रेजी पढाउने गुरुआमा बनाइएको हो । स्कूलमा सरसफाईको काम गर्ने रोडिकाले गएको तीन वर्षदेखि त्यहाँ सरसफाईको काम गरिरहेकी थिइन् । तर हालैको एक परीक्षामा उनले शिक्षिका परीक्षामा उत्कृष्ट अङ्क ल्याएर पास गरेपछि त्यहीँ पार्ट टाइम शिक्षिकाको रुपमा काम पाएकी हुन् ।

४२ व
र्षीया साण्डुका लागि यो परीक्षा पास गर्नु कम्ता कठिन कुरा थिएन तर पास गरेर देखाइदिइन् । त्यसो त उनले यो पास गर्नुको अर्को कारण पनि बताइन्- "सरसफाई गर्ने अनेक व्यक्तिहरु कामको खोजीमा आइरहेका हुन्छन् । शिक्षिका हुनु चाहिँ कम प्रतिस्पर्धी कुरा हो । त्यसैले मैले सरसफाईभन्दा यो पेशा अझ गतिलो भनेर काम गरेकी हुँ ।"

"मलाई अहिले खुशी लागिरहेको छ । मैले भनेको उनीहरु मान्छन् । मैले उनीहरुलाई अंग्रेजी पढाइरहेकी छु", खुशी चेहराले बताइरहेको थियो ।

तर उनले पढाउने काम चाहिँ 'पार्ट टाइम' मात्र भएकाले बाँकी समय चाहिँ उनले सरसफाई पनि गर्नुपर्छ । स्कूलकी प्रधानाध्यापिका घेओर्जे टेप्स भन्छिन्- "मलाई के कुरामा खुशी लाग्यो भने साण्डुले दुवै कामलाई ज्यादै राम्रोसँग गरिरहेकी छिन् । एउटै व्यक्ति सरसफाई पनि हेर्ने र स्कूलमा पनि पढाउने हुँदा शुरुमा अचम्म लागे पनि उनको कामको गुणवत्ताका कारण हामीलाई ज्यादै चित्त बुझेको छ र यसमा कुनै पनि किसिमको कानूनविरोधी कुरा देख्दिनँ ।"

त्यसो त दुरदराज स्कूलमा काम गर्न नरुचाउने युवा महिला शिक्षिकाका कारण पनि यस्तो स्थिति सिर्जना भएको हो । साण्डुले आफ्नो व्यक्तित्व यसरी बढाएकोमा स्कूलका अन्य व्यक्तिहरुले पनि खुशी व्यक्त गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता परिस्थिति हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: