Home» Around the World »Weird and Interesting

संसारकै लामो ड्रयागन



सन् २००८ मा आयोजन हुन लागेको बेइजिङ ओलम्पिकका लागि चिनियाँहरु यत्ति उत्साहित छन् कि नयाँ नयाँ कीर्तिमानका लागि जोड गरिरहेका छन् । यस्तो स्थितिमा हालै चिनियाँ एक शहरले संसारकै लामोभन्दा लामो ड्रयागन बनाएर कीर्तिमान कायम गरेका छन् र यो २,००८ मिटर लामो ड्रयागन बन्न पुगेको छ ।

ताइकाङस्थित सुआङफेङ शहरले आउँदो ओलम्पिकलाई ध्यानमा राखेर २,००८ मिटर लामो ड्रयागन बनाएको जनाएको छ ।

यो एक माइल र चौथाई लामो बन्न पुगेको छ र यसलाई नचाउन र हल्लाउन १ हजार २ सय नृत्य कलाकारहरुको आवश्यकता पर्ने जनाइएको छ । यसलाई नचाउन सकिने किसिमको बनाइएको बताइएको छ ।

"१० जना कामदारहरुले एक महिनाभन्दा बढी समय लगाएर यति ठूलो ड्रयागन बनाएका हुन्", शहरका प्रवक्ताले चिनियाँ समाचार नेटवर्कलाई बताए ।

"यसलाई बनाउन ४,२०० मिटर कपडा र ३ सयभन्दा बढी बाँसको खम्बा खर्च भएको छ", प्रवक्ताले थपे ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान रिलिज लुकेका कुरा क्या बात ! तातोपीरो गायिका प्रेम र विवाह रुचि कन्सर्ट सङ्गीतकार नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री ट्रयाक बाहिर गायक विचार समुद्रपार
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,