Home» Around the World »Weird and Interesting

चेको लखपति कपाल


अर्नेष्टो चे ग्वेभारालाई कसले पो नचिन्ला ! चिन्नु हुन्न भने यिनी विश्वमा कम्युनिष्ट आन्दोलनका लागि प्रख्यात छ भनेर भन्दिइहालौँ । त यी आन्दोलकको कपाल एक लाख डलरमा बिक्री भयो भन्दा अचम्म नमान्नु होला ।

सन् १९६७ मा उनको हत्यापछि उनलाई गाढ्नुअघि उनको कपाल काटिएको थियो र त्यसलाई सुरक्षित पनि राखिएको थियो । गएको बिहीबार भएको एक लिलामीमा उनको कपाल एक लाख डलरमा बिक्री भएको छ ।

उनलाई मार्क्सवादी अर्थात् कम्युनिष्टहरु २० औँ शताब्दीको महान् क्रान्तिकारी मान्दछन् ।

तीन इन्च लामो कपाललाई एक लाख डलर हाल्ने व्यक्ति ६१ वर्षीय बिल बट्लर थिए । बटलरले यो डाक बढाबढलाई फोनमा भाग लिएका थिए । बटलर चाहिँ सन् १९६० को दशकका 'आइटम'हरुको संग्रहकर्ताका रुपमा प्रख्यात छन् र उनका लागि यो ज्यादै उपयोगी संग्रहयुक्त वस्तु चाहिँ थियो पनि ।

"उनका धेरै लेखहरु आज पर्यन्त पठनका लागि उपुक्त मानिन्छन्", बटलरले एपी समाचार संस्थालाई बताए- "अब म उनको यो कपाललाई अन्य लेखहरुसँग छापेर किताबी रुप दिनेछु ।" उनको एउटा किताब छापाखाना पनि रहेको छ ।

केही दक्षिणपन्थीहरुले ग्वेभाराको कपालमाथिको पैसाको खेललाई विरोध गर्दै आइरहेका कारण यो डाक बढाबढलाई अत्यन्त सुरक्षाका बीच सम्पन्न गरिएको थियो । दक्षिणपन्थीहरुले ग्वेभाराको मृत्युपर्यन्त पैसाको खेल बनाइएकोमा उनीहरुको आपत्ति थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,