Home» Around the World »Weird and Interesting

३ हजार ५ सयको नाउँ ओलम्पिक्स



बेइजिङ ओलम्पिक प्रेमको अर्को नमूना चीनमा देख्न पाइन्छ । एक पत्रिकाले जनाएअनुसार चीनका ३ हजार ५ सय बालबालिकाको नाम ओलम्पिक्स राखिसकिएको छ । र, नयाँ बच्चाहरुको नाउँ पनि यही हुन सक्ने प्रबल सम्भावना बढेर गएको छ ।

सन् २००८ को गर्मी याममा आयोजन हुन गइरहेको ओलम्पिक खेल प्रति चिनियाँहरुको उत्साहका कारण त्यहाँ जन्मिएका बच्चाहरुमध्ये ३ हजार ४ सय ९१ बच्चाबच्चीको नाम आयुन रहन गएको छ । चिनियाँ भाषामा आयुनको अर्थ ओलम्पिक्स हुन्छ । सन् २००० मा चीनले सन् २००८ मा आयोजन गर्न आफ्नो तर्फबाट प्रस्ताव पेश गरेदेखि नै आफ्ना सन्तानको नाम आयुन राख्न थालिसकेको कुरा चीनको नेशनल आइडेन्टीटी कार्ड डाटाबेसलाई उद्धृत गर्दै एपी समाचार संस्थाले जनाएको छ ।

आयुन नाम राख्ने अधिकांश चाहिँ छोरा रहेको जनाइएको छ । त्यसो त ४ हजार बच्चाहरुको नाम ओलम्पिक नै रहेको भने होइन । बेइजिङ ओलम्पिकको मस्कटहरुको नाम बेइ बेइ, जिङ जिङ, हुआन हुआन, यिङ यिङ र नी नी नाम राख्नेहरु पनि उत्तिकै छन् । यी अघिल्ला एक-एक शब्दलाई अनुवाद गर्दा 'बेइजिङ वेलकम्स यु !' अर्थ दिने गर्दछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता हलिउड गुगल सेक्स उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह