Home» Cinema »Feature

कोरियाली चलचित्रको स्वाद

दक्षिण कोरियाली स्वादिला चलचित्रको स्वाद यहाँका युवा दर्शकहरुले चाख्न पाए । गएको सोमबारदेखि शुक्रबारसम्म (१२-१६ नोभेम्बर) आयोजन भएको कोरियाली चलचित्र महोत्सवमा चार चलचित्र प्रस्तुत गरिएका थिए । जसमध्ये आई वीस आई ह्याड अ वाईफ सबैभन्दा बढी रुचाइएको थियो ।

त्यसै गरी महोत्सवमा जस्ट डु इट, इल मेर र ज्वाइन्ट सेक्युरिटी एरिया जस्ता चलचित्र पनि प्रदर्शन गरिएका थिए ।

नेपालमा मात्र होइन, कोरियामा पनि शरद ऋतु चाड, संस्कृति र अन्न भित्र्याउने यामका रुपमा चिनिन्छ । अन्न भित्र्याउने बेलामा वर्षरिको दुःख, पसिना र मिहिनेत बिर्सन कोरियामा पनि विभिन्न किसिमका चाडहरु मनाउने गरिन्छ । त्यही कुरालाई सम्झँदै दक्षिण कोरियाली दूतावासले कोरियाली चलचित्र काउन्सिलसँग सहकार्य गर्दै नेपाली दर्शकहरुलाई मनोहर चलचित्र देखाउने वातावरण मिलाएका हुन् ।

कोरियाली साहित्य र कलामा मृत्युलाई ठूलो ट्रयाजेडीका रुपमा लिइन्छ । त्यसैले कोरियाली अधिकांश चलचित्रले मृत्युपछिको अवस्थालाई ज्यादै गम्भीरतापूर्वक पेश गरिन्छ । प्रदर्शित चलचित्रले पनि यही कुराको बोध गराएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
festival समारोह सेलेब्रिटी अभिनेता रिलिज सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country