Home» Around the World »Weird and Interesting

सपनाको घर पाइखाना !

दक्षिण कोरियाली एक करोडपतिलाई सबैभन्दा मनपर्ने चिज के होला ? तपाइँले सोच्नु हुँदो हो, महंगा कार र महंगा सामान । तर होइन । उनको मनपर्ने चिज चाहिँ पाइखाना हो रे ! त्यसैले त आफूसँग भएको पैसा उनले यस्तो घर बनाउन लगानी गरेका छन्, जुन हेर्दैमा पाइखानाको 'कमोड' जस्तै छ ।

यो भनाइलाई पत्याउनु भयो भने आउनुहोस्, अझै रोचक कुरा पढौँ । कोरियाली सिम जे डुक लोकप्रिय नेता पनि मानिन्छन् । उनले दक्षिण कोरियाका विभिन्न सार्वजनिक स्थलमा पाइखाना नै बनाएर आफ्नो राजनीतिक कद उँचो बनाएका थिए । त्यसैले त उनलाई त्यहाँका जनताले घिनले होइन, मायाले मि. ट्वाइलेट भनेर बोलाउँछन् ।



 उनको ट्वाइलेट मोह महानगरहरुमा राम्रा राम्रा र्सार्वजनिक शौचालय बनाएर मात्र चित्त नबुझेपछि अहिले आफ्नो ट्वाइलेट प्रेम जनतासमक्ष पेश गर्न ट्वाइलेट-घर बनाउन लागिपरेका थिए । उनको यो अभियानलाई विश्व शौचालय संघले समेत सघाएको छ ।

विश्वभरका ६० देशका पाइखाना संघका प्रतिनिधिहरुले उनको घरको उद्घाटन हेर्ने छन् । यो पाइखाना घरको निर्माण र उद्घाटनपछि कोरियामा सफा वातावरणबारे अझ बढी जनचेतना बढ्ने विश्वास लिइएको छ । संसारभर २० करोड ५० लाख व्यक्तिहरुसँग उपयुक्त पाइखानाको अभाव रहेको छ । जसका कारण पनि वातावरण प्रदूषित मात्र होइन कि त्यसबाट उत्पन्न हुने विभिन्न किसिमका रोगव्याधीबाट समेत प्रभावित छन् ।

"यो घरले पाइखाना क्रान्तितर्फ मान्छेलाई आकषिर्त गर्नेछ र पाइखाना सम्बद्ध कुरा गर्न मान्छेलाई उत्प्रेरित पनि गर्नेछ", यति आशावादी छन्, सिम जे डुक । आज अर्थात् २१ नोभेम्बरमा उनको यो घरको उद्घाटन मात्र हुने छैन, यही घरमा पाँच दिन लामो पाइखाना सम्वादसमेत हुनेछ । जसले निकालेको निश्कर्ष नै संसारभर कस्तो र कति पाइखाना निर्माण गर्न संसारभर अनुरोध गर्ने भन्ने निष्कर्ष समेत निकालिनेछ ।

यो सम्मेलनसँगै पाइखाना निर्माणका लागि आवश्यक विभिन्न सामग्रीहरुको प्रदर्शनीसमेत गरिनेछ । जसमा संसारभर निर्माण भएका राम्रा, आकर्षक, भिन्न किसिमका पाइखानाहरु प्रदर्शनीमा रहनेछन् । पाइखानाको स्तर बढाऔँ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको यो सम्मेलनबाट पनि हामीले केही सिक्ने हो कि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो माया फट्याइँ बलिउड श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी इन्टरनेट परिस्थिति गुगल मूर्ख्याइँ उदारता नग्नता भव्यता सेक्स सेलेब्रिटी हलिउड जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,