Home» Around the World »Weird and Interesting

रेष्टुराँको बठ्याइँ !

विश्व पाइखाना दिवस मनाएको दुइ दिन पनि भएको छैन, ताइवानका एक व्यापारीले पाइखानालाई मुख्य मुद्दा बनाएर राजधानीभित्र १२ वटा रेष्टुराँ खोलेका छन् ।

मोर्डन ट्वाइलेट अर्थात् आधुनिक पाइखाना नामक यो रेष्टुराँको विशेषता के छ भने यहाँ मेचहरु चाहिँ कमोट हुनेछन् । कुनै अन्य किसिमको कुर्ची या मेच तपाइँले पाउनु हुने छैन ।

तपाइँले खाने खानाको कन्टेनरहरु पनि मुख धुने वास बेसिन आकारको रहेको छ । अनि अधिकांश भोजन चाहिँ तपाइँले परित्याग गर्ने दिसा रङको हुने चाइना फोटो बेस नामक पत्रिकाले जनाएको छ ।

यो रेष्टुराँ खुलेको धेरै समय नभए पनि युवा वर्गलाई यसको विषयवस्तुले चकित मात्र होइन आकर्षित पनि गर्न थालेको छ ।

"यहाँ भएका अधिकांश कुराले तपाइँले रेष्टुराँ गएको भन्दा पनि आफ्नै घरको बाथरुममा छिरेको अनुभूति दिलाउँछन् । त्यसैले यहाँ खानुको रमाइलो चाहिँ बेग्लै हुँदोरहेछ", रेष्टुराँमा भोजन गरिरहेका एक युवाको भनाइ थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय उदेकलाग्दो माया बलिउड सेलेब्रिटी सुन्दरी गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला इन्टरनेट नग्नता परिस्थिति कीर्तिमान श्रीमानश्रीमती फट्याइँ हलिउड प्रविधि यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,