Home» City Life »Updates

फोहोरको फोहोरी खेल



काठमाडौँ कति संवेदनशील छ भने ओखरपौवामा कसैलाई झाडापखाला लाग्यो भने काठमाडौँबासीको नाक थुन्नुपर्ने हुन्छ । कुरा अलि बुझ्नु भएन होला ! कुरा काठमाडौँको फोहोरका बारेमा हो । केही दिनयता काठमाडौँमा फोहोर थुप्रिएको थुप्रियै छ । काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने ठाउँ (डम्पिङ साइड) ओखरपौवा (धादिङ) मा त्यहाँका स्थानीय वासिन्दाहरुले फोहोर फ्याल्न रोक लगाएपछि फोहोर सडकमा अलपत्र परेको हो । सडकमा अलपत्र परेको फोहोर यति ज्याद्रो छ कि जतिसुकै नाक थुने पनि जबरजस्ती घुस्ने प्रयास गर्छ । फोहोर थुप्रिएको ठाउँमा हिँड्ने जस्तासुकै पराक्रमी व्यक्तिहरु पनि नाकको प्वाल जोगाउन थालिहाल्छन् ।
 
काठमाडौँबासीको नाकको लम्बाइ नाप्न बारम्बार बाध्य पार्ने ओखरपौवाबासीले सभ्य काठमाडौँलीहरुलाई एउटा गतिलो व्यङ्ग गरिरहेका छन्- तिमीहरु बाहिरबाट हर्ेदा मात्र सुकिला छौ । दैनिक यत्रो फोहोर कसरी निकाल्न सकेका !
 
काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने अधिकारीहरु पनि साह्रै मेघावी छन् । तिनले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय निकाल्न सकेका छैनन् । तर पनि लाज पचाएर जागीर खाइरहेका छन् । तिनले ओखरपौवाको छत्रेदेउरालीका वासिन्दाहरुका लागि गर्नुपर्ने विकासका कार्यक्रमहरु गरिदिएका छैनन् भनेर फोहोर फाल्न निषेध गरेका हुन् । तिनलाई नगरपालिकाहरु ललितपुर र काठमाडौँ तथा स्थानीय विकास मन्त्रालयले संयुक्त रुपमा वाषिर्क ८० लाख रुपियाँ दिनुपर्ने थियो तर विभिन्न कारण देखाई त्यो रकम उनीहरुले पाउन सकेका छैनन् । खासमा मन्त्रालयको ढिलासुस्तीका कारण फोहोर बन्द गर्नुपरेको बन्दका आह्वानकर्ताको भनाइ छ ।
 
यो बन्दले एक पटक काठमाडौँबासीलाई सोच्न बाध्य पारेको छ- धेरैजसो फोहोरलाई घरभित्रै व्यवस्थापन गर्ने बानी बसालौँ र त्यसलाई मल बनाइ बारीमा उपयोग गरौँ । बाल्न मिल्ने फोहोरलाई बालौँ र बाँकी बचेखुचेको फोहोर मात्र बाहिर निकालौँ । काठमाडौँका तीस लाख जनताले यो उपाय अपनाए भने आधा समस्या समाधान हुनसक्छ ।


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
streets संविधानसभा crisis अनुभव awards पेट्रोल सेलेब्रिटी हल्ला hi-life festival माओवादी मोबाईल समलिङगी events celebrity
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: