Home» Around the World »Weird and Interesting

कुकुरका लागि परफ्युम



मान्छेका लागि वासनादार अत्तर त तपाइँले सुन्नु भएकै हुँदो हो, तर लण्डनस्थित एक कम्पनीले विश्वमै पहिलो पटक कुकुरका लागि अत्तर बनाएको दाबी गरेको छ ।

मुङ्गो एण्ड मौडले बनाएको पेटिट एमान्दे नामक अत्तर अथवा परफ्यूमलाई कुकुरहरुका लागि बनाएको दाबी गरेको छ । ३८ पाउण्डमा पाइने यो अत्तर कुकुरहरुले समेत रुचाएको डेली टेलिग्राफले जनाएको छ ।

कुकुरहरुका लागि यो अत्तर बनाउन लिन ह्यारिस नामक विश्वविख्यात अत्तर विशेषज्ञलाई डाकिएको थियो । फ्रेञ्च ब्ल्याककरेन्ट, ट्युनिसियाको नेरोली, पारिजातको फूलका अतिरिक्त थोरै बदामको मिश्रण उक्त अत्तरमा रहने कम्पनीले जनाएको छ ।

यो कम्पनीले केही समयअघि १५.९५ पाउण्ड पर्ने कुकुरको स्याम्पू पनि निर्माण गरिसकेको छ । कुकुरहरुले यो स्याम्पूको सुगन्धलाई निकै रुचाएपछि यो अत्तर बनाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका निकोला साचेरले भनिन्- "यो सुगन्धले कुकुरहरुको दिमाग ठण्डा मात्र गराउने होइन कि कुकुर मालिकहरुका नाकलाई समेत रुचिकर हुनेमा हामी विश्वस्त छौँ ।"

"लिन ह्यारिसको म जमानादेखिको ठूलो फ्यान थिएँ, उनले बनाएका सिर्जनाको पूजारी नै हुँ । जब मलाई कुकुरको लागि अत्तर बनाउने सोच पलायो, यस कामका लागि उनीजस्ती गज्जबकी सर्जक को होलिन् भन्ने सोचेर नै यो जिम्मा लगाएको थिएँ । र, वास्तवमा मेरो निर्णय सही प्रमाणित भयो", निकोलाले बताइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल