Home» Music »Feature

स्टार गायकको खोजी

स्टार एफएम ९५.६ मेघाहर्जले आइडियल आरजे र अब मेरो पालो नामक दुइ कार्यक्रमका विजेताहरु घोषित गरेको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा विजेताहरुलाई श्रम तथा यातायात राज्य मन्त्री रमेश लेखकले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस पटक निशा सिंह आइडियल आरजे २००७ घोषित भएकी थिइन् । रनरअपहरुमा स्मृति बस्नेत र विष्णु सापकोटा घोषित भएका थिए । यसअघि यही टाइटल सविना कुँवरले हात पारेकी थिइन् । कार्यक्रमको सञ्चालन अघिल्लो पटककी विजेता सविनाले गरेकी थिइन् । हरेक वर्षआयोजन गरिने यस किसिमको प्रतियोगितामा विजितलाई स्टार एफएमले नै रोजगारीको व्यवस्था गर्ने गरेको छ ।

यसैगरी, अब मेरो पालो नामक स्टार एफएमबाट नै प्रसारण हुने गरेको गायन प्रतियोगितामा सर्वोत्कृष्ट हुने विवेक श्रेष्ठको एल्बम चाँडै बजारमा आउने जानकारी दिइएको थियो । सुमन राई र सजना आचार्य चाहिँ अब मेरो पालोमा दोस्रो तथा तेस्रो स्थानमा पर्न सफल भएका थिए ।

अब मेरो पालो नामक साङ्गीतिक कार्यक्रमलाई गहन बनाउन राजु सिंह, रामकृष्ण ढकाल, कुन्ती मोक्तान, महेश खड्का, सुरेश अधिकारी, चेतन सापकोटा र सुगम पोखरेलले २ सय ६० प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट १० जना छानेका थिए । सर्वोत्कृष्ट १० जनामध्ये निर्णायक मण्डल र एसएमएस भोटिङमार्फत् सर्वोत्कृष्ट गायक छानिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अवार्ड awards समलिङगी मोबाईल हल्ला सेलेब्रिटी पेट्रोल माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,