Home» Music »Feature

ओलीको झ्वाँक तन्नेरी



गायिका कोमल ओलीले पुरानै शैलीको नयाँ एल्बम बजारमा ल्याएकी छिन् । नाम पनि गज्जबको छ- झ्वाँक तन्नेरी । शुक्रबार राजधानीमा गायिका ओलीले यही एल्बमको विमोचन सम्पन्न गरिन् । विमोचन कार्यक्रममा नयाँ पुस्ताका प्रख्यात झ्वाँक तन्नेरी खेलाडीहरुलाई एल्बम विमोचन गराएर नयाँ शैलीसमेत देखाइन् ।

विमोचन कार्यक्रममा म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

के सिरिज कम्पनीबाट बजारमा ल्याइएको यो एल्बमको वितरण भने रञ्जना क्यासेट सेन्टरले गर्ने बताइएको छ ।

के सिरिज कम्पनी चाहिँ कोमल आफैँले स्थापना गरेको कम्पनी हो ।

यही अवसरमा गायिका ओलीका भाइ नरेन्द्र ओलीले नयाँ वेबसाइट मेडियाम्यार्टसनेपालडटकम शुरु गरेको समेत घोषणा गरेका थिए ।

झ्वाँक तन्नेरी एल्बममा गायिका ओलीका साथमा कविता ओली, कामना वली तथा आना मेरी स्टरले समेत स्वर दिएका छन् । शब्दलाई चन्द्रकला शाह र कोमल वलीले सङ्कलन गरेका छन् भने लयलाई कोमल वली, मधुबाबु थापा, चन्द्रकला शाहले सिङ्गारेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज लुकेका कुरा क्या बात ! प्रेम र विवाह कीर्तिमान गायिका तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह