Home» City Life »Updates

कलाकारको समाजसेवा मोह

नेपाली कलाकारहरुलाई समाजसेवा गर्ने इच्छा कति छ भन्ने कुरा राजधानीमा आइतबार आयोजित एक छलफल कार्यक्रममा सक्रियतापूर्वक भाग लिएपछि थाहा भयो । यो कुरा न त आयोजकहरुले नै सोचेका थिए, न त कलाकारहरुले नै आफूभित्र त्यति उत्कट इच्छा रहेछ भन्ने चाल नै पाएका थिए ।

मानव बेचविखन विरुद्धको अभियानमा सञ्चारकर्मी तथा कलाकर्मीको भूमिका विषयक एक दिने कार्यशालामा यो कुरा प्रकाशमा आयो । कार्यक्रमको उद्देश्य थियो, मानव बेचविखन के हो, यो बुझ्न किन आवश्यक छ र यसको रोकथाममा पत्रकार तथा कलाकर्मीहरुले कस्ता भूमिका खेल्न सक्छन् भन्ने विषयमा जानकारी हासिल गर्नु ।

कुनै पनि उद्देश्यले मानिस बेच्ने या किन्ने, फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा वेश्यागमन गर्नुलाई मानव बेचविखन मानिदै आएको छ । यस्तो गम्भीर विषयमा नेपाली सञ्चार माध्यमले चाहे जति भूमिका निर्वाह गर्न नसकेकोमा आलोचना समेत हुँदै आइरहेको अवस्थामा रेजले यस्तो कार्यक्रमको आयोजन गर्नुलाई सहभागी कलाकार तथा पत्रकारले यसलाई सकारात्मक रुपमा लिएका थिए ।

हरेक वर्ष करिव १२ हजार महिलाहरु यौन क्रियाकलापका लागि बेचिइन्छन् भन्ने तथ्याङ्क छ । त्यसबाहेक बसाइँसराई, आत्मनिर्भर हुने चाहनामा अनेकौँ व्यक्तिहरुको शोषण भइरहेको तथ्य सुनेर कलाकर्मीहरु द्रवित नभइरहन सकेनन् । त्यसैले त चलचित्रकी नायिका सञ्चिता लुइटेलले भनिन्- "यस्ता कुराका मुख्य शत्रु गरिवी, अशिक्षा, सामाजिक कुसंस्कार र लैङ्गिक विभेद हुन् । यस्ता शत्रुका विरुद्धमा हामीले आवाज उठाऔँ ।" कार्यक्रममा नायिका मेलिना मानन्धरले भनिन्- "हामी जहिले पनि शहर केन्द्रित भएर काम गरिरहेका हुन्छौँ, गाउँ केन्द्रित हुन सिकौँ । किनभने समस्या जहाँको छ, त्यहाँका जनताले यसबारेमा थाहा नपाइ, हामीले मात्र जानकारी बटुलेर समस्या समाधान गर्न सक्तैनौँ ।"

यस्तै आवाजको परिणति हुन सक्छ, रेज संस्थाले तीन महिनाभित्र एउटा कार्ययोजना बनाएर नमूना जिल्लामा नमूना कार्यक्रम गरेर त्यसको परिणाम हेरी देशभर यस्ता कार्यक्रमको आयोजन गर्ने लक्ष्य बोकेको छ । कलाकारहरुले एक मुख लागेर भने- राम्रो काममा हामीलाई हिँडाउनुहोस्, हामी तपाइँलाई सघाउन तयार छौँ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
उपलब्धि गायक गायिका समारोह अभिनेत्री अभिनेता सेलेब्रिटी रिलिज सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,