Home» Music »Feature

सानो हौसलाको ठूलो परिणाम

मान्छेको जीवनमा सानो हौसलाले पनि ठूलो परिणाम दिन्छ भन्ने उदाहरण बनेका छन्, रोशन भट्टराई । तीन वर्षअघि वैदेशिक रोजगारीमा कोरिया गएका मोरङ जिल्लाका रोशनले सङ्गीतकर्मी चन्द्र लामाले स्वरको प्रशंसा गरेपछि उनी सङ्गीतकर्ममा होमिएका हुन् ।

कोरियामै बचेको समयमा गीतसङ्गीतमा ध्यान दिइरहेका उनले पहिलो गीत 'कस्ती तिमी...' कोरियामा नै रेकर्ड गरेका थिए । यो गीत कोरियामा आयोजन हुने विभिन्न सङ्गीत तथा नृत्य कार्यक्रममा नियमित गाउँदै आइरहेका बेला उनको यो गीतलाई रुचाइएपछि अहिले पूरै एल्बम निकाल्ने तयारी उनले गरिरहेका छन् ।

अहिलेसम्म सुजील कर्माचार्य, मनोज केसीलगायत अन्य सङ्गीत संयोजकहरुले उनका गीतलाई संयोजन गरिसकेका छन् । संयोजन गरिएका सङ्गीतलाई उनले कोरियाली रेकर्डिङ स्टुडियोमा रेकर्ड गर्ने भएका छन् । उनको नाम राखिनसकिएको नयाँ एल्बममा आठ गीत रहने कोरियाबाट फोनमा इनशाडटकमलाई जानकारी गराएका छन् ।

मूलतः कोरियाली सांस्कृतिक कार्यक्रममा नियमित रुपमा गायन र नृत्यमा सहभागी रहेका रोशनको यो एल्बम पप र आधुनिक मिश्रति एल्बम हुने उनले जनाएका छन् । उनलाई सफलताको शुभकामना !




 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक सङ्गीतकार रिलिज समुद्रपार कीर्तिमान लुकेका कुरा क्या बात ! ट्रयाक बाहिर नेपाली तारा तातोपीरो अवार्ड प्रेम र विवाह उपलब्धि भिडन्त विचार गायिका पेज थ्री कन्सर्ट बजारमा गीतकार
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल