Home» Music »Feature

हिट्स अवार्डको रन्को


आउँदो शुक्रबार बेलुकी ३ बजेदेखि हिट्स अवार्डको एघारौँ संस्करण शुरु हुँदैछ । आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस पटकको अवार्ड अझ बढी रोचक र दर्शनीय हुने बताइयो ।

नेपाली सङ्गीत उद्योगलाई होस्टेमा हैँसे गर्दै आइरहेको हिट्स अवार्डले यस पटक सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड विधा थपेको छ । यसबाट पछाडि परेका श्रष्टालाई थोरै भए पनि चिनाउन मद्दत मिल्ने आयोजकहरुको विश्वास छ ।

यस पटकको अवार्डमा सबैभन्दा बढी विधामा राजेशपायल र्राईका गीतहरु परेका छन् । उनका विभिन्न गीतहरु १० विविध विधाका लागि छनोटमा परेका छन् । त्यस्तै उदेश श्रेष्ठले गायनमा सबैभन्दा बढी ५ विधामा नामाङ्कित हुने अवसर पाएका छन् ।

यस पटकको माहौल साङ्गीतिक बनाउन आयोजकहरुले कुनै कसर छाडेका छैनन् । दीपेशकिशोर भट्टर्राईले हिट्स अवार्डको इतिहासमा पहिलो पटक मञ्चमा गाउने छन् भने कुन्ती मोक्तान, राजेशपायल राई, रामकृष्ण ढकाल, उदेश श्रेष्ठले पनि अवार्डलाई सङ्गीतमय बनाउने छन् । १९७४ एडी ब्याण्डले यस पटक दुइ वर्षको मौनतापछि हिट्स अवार्डको मञ्च तताउने निधो गरेका छन् भने एक्कै छिन भए पनि अवार्ड समारोहमा स्प्रिङउडको फेशन परेड हुनेसमेत जनाइएको छ ।

अब हेर्नुछ, अवार्ड दाबी गरिएजस्तै हुन्छ वा त्योभन्दा बढी नै !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अवार्ड रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,