Home» Around the World »Weird and Interesting

२ करोड डलर टिप्स !

मेरो पैसा, मेरो मर्जी भन्नेहरुको यो संसारमा कुनै कमी छैन । आफू गइरहने एउटा रेष्टुराँका चिनियाँ सञ्चालकहरुलाई बेलायतकी एक धनी महिलाले मर्ने बेलामा तिनलाई पनि केही टिप्स छोडेर गएकी छिन् र त्यो रकम २ करोड ३ डलर भएकाले लिनेलाई पनि टेन्सन र दिनेलाई पनि टेन्सन भइरहेको छ ।

ती धनी महिला गोल्डा बेचलले सन् १९९४ मा आफू मर्नुअघि दिएको इच्छापत्रमा लण्डनमा चिनियाँ रेष्टुराँ चलाइरहेका किम सिङ मान र उनकी श्रीमती बी लियानलाई २ करोड ३ डलर रकम टिप्स दिने इच्छा व्यक्त गरेकी थिइन् ।

त्यसयता उनी ८८ वर्षो उमेरमा सन् २००४ को जनवरीमा र्स्वर्गबास भइन् ।

ती महिलाका पाँच भतिजा-भतिजीले अदालतमा मुद्दा हाल्दै आफ्नी काकीको उक्त इच्छालाई बदर गर्न अनुरोध गरेका थिए । उनीहरुले दाबी गरेका थिए, तिनकी काकी गोल्डा डेमेन्सिया नामक रोगबाट ग्रसित भएकीले उनको निर्णय सही हुन सक्तैन । त्यो रकम आफ्नो सम्पत्तिको रुपमा सारिदिन न्यायाधीशहरुलाई अनुरोध गरिएको थियो ।

तर न्यायाधीश डोनाल्ड रेट्टी रेष्टुराँ सञ्चालकहरुले पेश गरेको प्रमाणले त्यो रकम भतिजाभतिजीमा नर्सर्ने निर्णय गरिदिएका थिए । रेष्टुराँ सञ्चालकहरुले गोल्डाको छोरा पिटरको २८ वर्षै उमेरमा मृत्यु भएको बेला उनी एक्लो भएको महसूस गर्दै त्यही रेष्टुराँमा दिन बिताउन आउँथिन् र त्यहाँ दिन बिताउँदा आफ्नो सबै दुःख भुलेको बताउने गर्थिन् । उनको लोग्नेको पनि केही समयअघि निधन भइसकेपछि त उनी झनै एक्लो भएकी थिइन् ।

यी रेष्टुराँ सञ्चालकसँग गोल्डाको कति हिमचिम थियो भने विभिन्न चाडको समय बनाउँदै उनीहरु छुट्टि मनाउन देश विदेश घुम्न जाने गर्दथे । त्यसैले पनि उनको मृत्युको तीन वर्षपूरा हुन लाग्दा पनि रेष्टुराँ सञ्चालक गोल्डीलाई बिर्सदैनन्, भन्छन्- "गोल्डीलाई सबैभन्दा बढी चिनियाँ अचार मन पर्दथ्यो र हामी उनको चाहलाई हरदम ख्याल राख्थ्यौँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: