Home» Cinema »Feature

निर्माता संघलाई झट्का

नेपाली चलचित्र निर्माण गर्न चाहनेहरुले शुरुमा निर्माता संघको सदस्य बन्नु पर्दथ्यो । निर्देशन गर्न चाहनेहरुले निर्देशक संघ र कलाकारहरुले कलाकार संघको ! तर अब निर्माता संघको सदस्य नबनी चलचित्र निर्माता बन्न सकिने भएको छ ।

नेपालको सर्वोच्च अदालतले दुइ सदस्यीय न्यायधीशको रोहवरमा सो कुराको निर्णय गत मंसीर २६ गते गरेको छ ।

निर्माता संघले एकतर्फीमा रुपमा नेपालको संविधानविपरीत मौलिक हक अधिकार कुण्ठित गरेको भनी आरसी पिर्क्चर्सका राजकुमार राईले निर्माता संघका विरुद्धमा गएको असारमा मुद्दा हालेका थिए । उनले नेपालीम्यान नामक चलचित्र बनाउन निर्माता संघको स्वीकृतिबेगर नै चलचित्र विकास बोर्डमा स्वीकृति माग्दा बोर्डले स्वीकृति प्रदान नगरेपछि उनले सर्वोच्चमा मुद्दा हालेका थिए ।

"कार्यालय चलाउनका लागि मात्र संघसंस्था खुल्ने परिपाटीको विकास भयो", चलचित्र निर्देशक नवीन सुब्बाको तीतो थियो- "संघले सिर्जनात्मक कामका लागि अरुलाई उत्प्रेरित गर्ने भन्दा पनि निरुत्साहित गराउने कार्य गरिरहेको थियो । यसको आधार ज्यादै कमजोर भएकाले यो एक दिन हुनु नै थियो ।"

यता यो निर्णय आएपछि चलचित्र निर्देशक मनोज पण्डित भावुक भएका छन् । उनले इनशाडटकमसँग भने- "मैले 'लक्ष्य' चलचित्र बनाउन खोज्दा सिफारिश नलिएको भनी मानसिक तनाव दिइएको थियो । मेरो चलचित्रका कलाकारलाई जबरजस्ती सदस्य बन्न लगाइयो र मेरा प्राविधिकहरुले रातारात प्राविधिक संघको सदस्य बन्नु पर्‍यो ।"

स्थिति कस्तोसम्म आइपुग्यो भने चलचित्र निर्देशक समाजले त आफ्नो विधानविपरीत अस्थायी निर्देशकको पदवी दिएर समेत प्रमाणपत्र दिन थाल्यो । यसका लागि सदस्य हुनेले दुइ हजार रुपियाँ तिरे पुग्छ, उसले एउटै चलचित्र निर्देशन नगरेको भए पनि कुनै खोजखबर नगरिएको समेत पाइयो ।

यस्तो स्थितिमा राजकुमार राईले हालेको मुद्दामा सर्वोच्च अदालतले निर्माता संघ, निर्देशक समाज, चलचित्र कलाकार संघ, प्राविधिक संघजस्ता संस्थाको स्वीकृतिबेगर पनि चलचित्र विकास बोर्डले चलचित्र बनाउने स्वीकृति दिनुपर्ने आदेश दिएको छ र यसअघि चलचित्र निर्माता संघले आफ्नै संस्था भएर आउनुपर्ने अघिल्लो निर्णयलाई सर्वोच्चले बदर गरेको छ ।

"यो हेर्दा सानो निर्णय देखिन्छ, तर यसले निर्माता संघलाई नयाँ तरिकाले आफ्नो काम र कर्तव्य सोच्न गम्भीर बनाइदिएको छ । अब पुरातन शैलीमै संस्था चलाउन खोज्यो भने त्यो डुब्छ", निर्देशक नवीन सुब्बा बताउँछन्- "यस्तै सानातिना बाधाका कारण उद्योग अघि बढ्न नसकेको पनि सत्य हो ।"

यता आरसी पिर्क्चर्सको यो विजययात्रामा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष युवराज लामा पनि पंक्तिबद्ध देखिएका छन् । उनले इनशाडटकमसँग भने- "११ वर्षअघि निर्माता संघ स्थापना गर्नुको उद्देश्य विदेशी चलचित्रका माफिया र सिनेमा भवनका माफियासँग नेपाली चलचित्रका निर्माताहरुले युद्धको घोषणा गर्नु थियो । तर दुइ वर्षअघि उनीहरुसँग होल्डओभर घटाउने र विदेशी चलचित्र आयात शुल्क न्यून विन्दुमा झार्ने निर्णयले उनीहरुसँग 'सरेण्डर' गरेयता नै निर्माता संघको उपादेयता सकिएको थियो । झन् यो निर्णयले यसको औचित्यै समाप्त पारिदिएको छ ।"

यता सर्वोच्चको यो निर्णयपछि निर्माता संघले आफ्नो आधारिकारिक भनाइ भने सार्वजनिक गरेको छैन ।

 


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country