Home» Around the World »Weird and Interesting

आफ्नै कार्यालय तोडफोड गर्ने अधिकृत

उत्तरी वेल्सस्थित प्रहरी मुख्यालय तोडफोड गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । ती व्यक्ति बाहिरिया चाहिँ होइनन् । त्यही कार्यालयका मुख्य अधिकृत हुन् । उनलाई आफ्नै 'केटा'हरुले पक्राउ गरेपछि उनले स्पष्टीकरण दिन बाध्य हुनुपर्‍यो । उनको स्पष्टीकरण थियो- "हामी अरुको सुरक्षा त गर्र्छौँ तर अफिसभित्रै सुरक्षा चाहिँ कत्तिको छ भन्ने जाँच गर्नु मेरो ध्येय थियो ।"

यसरी कार्यालयको सुरक्षा व्यवस्था जाँच गर्ने रिचर्ड ब्रनर्स्र्टमले त्यस दिन के गरे भने खतरनाक कैदीहरुलाई राखिने जेलको अग्रभाग पुगिने ठाउँको पर्खालमा चढे । त्यहाँका काँढेतारलाई काटे । त्यसपछि जेलभित्र छिर्दै गरेको अवस्थामा अन्य सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको डेली मिररले जनाएको छ ।

५३ वर्षीय यी प्रहरी अधिकारीले जेलभित्र छिर्नका लागि रात छिप्पिउञ्जेलसम्म कुरेका थिए । रातिको घटना भएका कारण प्रहरीहरुले उनलाई ठम्याउन सकेनन् र उनले पनि यसको प्रशस्त फाइदा लिएका थिए ।

केही समयअघि मात्र ३४ लाख पाउण्ड खर्च गरी सुरक्षा सन्यन्त्र र अन्य व्यवस्था मिलाइएको यो जेलमा सबै चिजले राम्रैसँग काम त गरेको छ के भन्ने जाँच गर्नु उनको ध्येय थियो । उनलाई पक्राउ गरेको खबर फैलिएपछि उत्तरी वेल्स प्रहरी संगठनकी प्रवक्ताले 'उनको गल्ती नभएको र जाँच गर्नु राम्रो हो' भनी बताएकी छिन् ।

नाम नबताउने शर्तमा एक प्रहरीले भने- "जुन ठाउँबाट हाम्रो सर छिर्नु भयो, कोल्विन बे, त्यो ठाउँबाट पर्खाल नाघ्नु ज्यादै कठिन कुरा हो । उहाँले त्यसो गर्नुको अर्थ अप्ठेरो ठाउँबाट पनि बदमासहरुले बदमासी गर्न सक्छन् भन्ने प्रमाणित गर्नु थियो ।"

त्यसो त यी सुरक्षाकर्मी यस्तो कुरामा कम सचेत छैनन् । ५० हजार भोल्टको तासेर स्टन गन (बन्दूक) ले हान्दा मान्छे मर्छ कि मर्दैन भनेर जाँची हेर्न आफूलाई गोली हान्न लगाएका थिए । तर उनले जिउमा सुरक्षा संयन्त्रका सबै चिज लगाएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला हलिउड मूर्ख्याइँ उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: