Home» Music »Feature

युवाहरुलाई हौस्याउँदै



सङ्गीत र युवा एकअर्कामा गहिरो सम्बन्ध राख्दछन् । यही सङ्गीत हो, जसले युवालाई सही दिशा दिन्छ । विषादमा आशा दिने पनि योभन्दा अन्य उत्तम कुनै औषधि छैन भन्दछन् विज्ञहरु ।

यो कुरालाई बुझेका केही युवाहरुले सङ्गीत, युवा र राजनीतिको घोल तयार पारेर युवाहरुलाई ऊर्जा थपिरहेका छन् । उनीहरुको उद्देश्य छ- जुन उत्साह, जोश र जाँगर युवाहरुले जनआन्दोलन भाग-२ मा देखाए, त्यसलाई मर्न दिनु हुँदैन । त्यो ऊर्जा र जाँगरलाई ज्यूँदै राख्नु पर्छ ताकि आउँदा दिनहरुमा विभिन्न किसिमको जनदवावमा त्यो ऊर्जालाई उपयोग गर्न सकियोस् ।

यही उद्देश्यले वृहद् सांस्कृतिक कर्न्र्सटको आयोजन सल्भ नेपालले गरिरहेको छ । जसअन्तर्गत यसअघि दुइ वटा कर्न्र्सट सम्पन्न भइसकेका छन् । जसमा आस्था राउत, बद्री पँगेनी, अविनाश घिसिङ, रिता केसी, दीपक लिम्बु, आभा मुकारुङ, होम साइट ब्याण्ड, रेस्मा सुनुवार, अमृत क्षेत्री, राजकुमार रायमाझी, चन्द्रा चलाउने आदि कलाकारले पप, आधुनिक तथा लोकदोहोरी प्रस्तुत गरिसकेका छन् ।

सल्भ नेपाल स्थापना भएको दुइ वर्ष भइसकेको छ । यो छोटो अवधिमा यो संस्थाले युवाहरुलाई सिर्जनात्मक तरिकाले उपयोग गर्ने गरेको छ । जस्तो कि विभिन्न किसिमको विरोध या आन्दोलनको क्रममा कसरी क्षति न्यूनीकरण गर्दै विरोध सम्पन्न गर्ने, युवाहरुलाई पार्टी बाहिर रहेर पनि कसरी सचेत नागरिक बनाउने, संविधानसभा, समावेशीकरण, पुनर्संरचना र समुन्नतिका लागि युवाहरुले नै कसरी आफ्नो भूमिका खोज्न वा खेल्न सक्छन् आदि विषयमा नाटक प्रदर्शन गर्ने, गीति प्रतियोगिता गर्ने आदि कामहरु गरिसकेको छ ।

गएको वर्षमाघमा यस संस्थाले अन्तर कलेज सङ्गीत प्रतियोगिता आयोजन गरेको थियो । जसमा ४२ कलेजहरुले भाग लिएका थिए, जसमध्ये सर्वोत्कृष्ट ४ युवा/युवतीका क्यासेटलाई धवलागिरि क्यासेट सेन्टरले बजारमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै, गएकै वर्षयो संस्थाले होलीलाई कसरी सुसंस्कृत रुपमा मनाउने भन्ने विषयमा र्‍याली नै आयोजन गरेको थियो ।

यस्तो अवस्थामा यिनले अहिले एक साथ काठमाडौँको वसन्तपुर डबली, ललितपुरको मंगलबजार, पाटन तथा भक्तपुरको शंखधर साख्वा चोकमा वृहद् सांगीतिक कर्न्र्सटको आयोजन गरेको छ । "यो सङ्गीत सुनाउनका लागि मात्र होइन", संस्थाका सहसंयोजकले भने- "जिम्मेवार युवा नेतालाई बोलाएर उनीहरुको दायित्वका विषयमा पनि बोल्न लगाउँछौँ । युवा समाजका अघिल्तिर बोलेका कुरामा युवानेताहरु जिम्मेवार होऊन् भन्ने हाम्रो उद्देश्य छ ।"

यिनको पुनित उद्देश्य पूरा होओस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो ट्रयाक बाहिर नेपाली तारा अवार्ड उपलब्धि प्रेम र विवाह भिडन्त विचार पेज थ्री रुचि गायिका गीतकार गायक कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,