Home» Music »Feature

नेपाली निर्देशकको विदेशी भिडियो



नेपाली म्युजिक भिडियो निर्देशन गरिरहेका जनकदीप पराजुलीले भारतमा एउटा रिमिक्स गीतको म्युजिक भिडियो बनाएर फर्किएका छन् ।

नेपाली म्युजिक भिडियो संसारमा 'लक्ष्य' नामक चलचित्रको 'कस्तो नशा यो...' गीतमा पहिलो पटक निर्देशन गरेर यस क्षेत्रमा हामफालेका जनकदीपले सिरीमा सिरी...., घाँस काट्ने खुर्केर..., आँखाको नानी हौ तिमी... जस्ता गीतको रिमिक्स गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

यी तीन वटै भिडियो एक साथीमार्फत् भारतमा पुगेपछि त्यहाँ उनको खोजी भएको थियो र सोनु टेक नामक कम्पनीले उनलाई 'तेरे बिना जिन्दगी से कोई सिकवा नहीँ' गीतलाई छायाँकन गरेर आएका छन् ।

"म काम खोज्दै गएको थिइनँ, मलाई बोलाएर गएको थिएँ", भर्खरै गीतको भिडियो सकेर नेपाल फर्किएका भिडियो निर्देशकले इनशाडटकमलाई जानकारी दिँदै भने- "यो कम्पनीको नाम नेपालमा उति परिचित नभए पनि हरियाणा, बिहार, दिल्ली, यूपी, पञ्जाब र राजस्थान क्षेत्रमा यो निकै चर्चित कम्पनी हो । प्रान्तीय सङ्गीतमा यसले निकै ठूलो फड्को मारेको रहेछ, मलाई पनि थाहा थिएन ।"

जेनिथ, एट्याक्शन (रिमिक्स), बुम (रिमिक्स) जस्ता एल्बमका निर्मातासमेत रहेका जनकदीपले जेनिथ एल्बमका ८ वटा गीत पनि स्वयंले लेखेका छन् ।

अखबारी पत्रकारिताबाट टेलिभिजनतर्फतानिएका जनकदीपले पहिलो पटक टीभी कार्यक्रम म्युजिक मिरर कार्यक्रम सात वर्षअघि नै बनाएका थिए । त्यसपछि उनको संलग्नतामा म्युजिक प्लस, नारद खतिवडाको 'गफै त हो नि !', अंग्रेजी बायोग्राफीयुक्त कार्यक्रम 'रिफ्लेक्शन्स', टेलिचलचित्र 'दुइ थोपा आँशु'को निर्देशन समेत गरिसकेका छन् ।

२० भन्दा बढी व्यवसायिक टेलिभिजन विज्ञापन र एक सय लगभग रेडियो जिङ्गलसमेत निर्देशन गरिसकेका जनकदीपले पछिल्लो समय मेलिना मानन्धरद्वारा निर्मित कथानक नेपाली चलचित्र 'ज्वालामुखी'का लागि आइटम गीतसमेत निर्देशन गरेका छन् । 'कहिले आगो कहिले पानी' गीतलाई उनले ग्ल्यामरको सक्दो प्रयोग गरेको गाइँगुइँ मनोरञ्जन उद्योगमा चर्किरहेको बेला उनको विदेशी गीतमा निर्देशनले आगोमा घ्यू थपेको केहीको भनाइ छ ।

सोनु टेक कम्पनीको भिजुअल प्रोडक्शनको सुपरभिजनको जिम्मा पाएका उनले एक महिनाको अवधिमा स्पेशल इफेक्टका लागि काम गर्दै प्राइम फोकश, बिलिफडिजाइन, मेथड स्टुडियो, क्रिएटिभ काउजस्ता विश्वप्रख्यात कम्पनीको वर्कशप लिने अवसर पाएको पनि बताएका छन् ।

यस अवधिमा सिकेका कलालाई उनैले निर्देशन गर्न लागेको नेपाली कथानक चलचित्र 'स्पीड'मा उपयोग हुने उनले बताएका छन् । दुइ वर्षसम्म डिजिटल सिनेमा मेकिङ अध्ययन गरेर प्रिप्रडक्शनको काम शुरु गर्न लागेका जनकले आफूलाई सिनेमा बनाउनुअघि सिक्न जाने एक मात्र निर्देशक बताइरहेका छन् । आफूले अन्य निर्देशकले झैँ ६ महिनामै सिनेमा कम्प्लिट गर्ने हतारो नरहेको बताएका छन् ।

"सिनेमा डिजिटल सिनेमास्कोप हुनेछ भने यसलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्न इ-मार्केटिङ गर्ने योजनामा छु", निर्देशक जनकदीपले इनशाडटकमलाई भने- "यसका लागि अहिले कलाकार खोज्ने काम भइरहेको छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो ट्रयाक बाहिर नेपाली तारा अवार्ड उपलब्धि प्रेम र विवाह भिडन्त विचार पेज थ्री रुचि गायिका गीतकार गायक कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,