Home» Music »Feature

अभयासँग एक दिउँसो

"मलाई साथीभाइहरुको साथ खूप मन पर्छ", गायिका अभयाको भनाइ थियो, जब हामी ब्लु बर्ड मलमा कुनै अर्कै कामका लागि दिउँसोको खाजा खान पुगेका थियौँ- "वर्षा एक चोटी मिल्ने साथीभाइ भेला गरेर म आफैँले खाना बनाउँछु अनि खान्छौँ मिलेर ।"

त्यो भनेको दुइ महिना बितेको थियो र उनको बोलावट आइपुग्यो पनि । मंगलबार दिउँसो जनवरी ८ मा हामी उनको घरमा थियौँ र त्यहाँ मिडियाका केही साथी अघिदेखि नै जम्मा भएर उनको स्वादिष्ट खानाको प्रशंसा गरिरहेका थिए ।

"यस पटक भेला हुने बहाना मेरो नयाँ म्युजिक एल्बम छ", अभयाले खाना पस्किदिँदै हामीलाई सुनाइन्- "ती गीत सुनाउँ भनेर... ।" छेउमै गीतकार, कवि, पत्रकार विप्लव प्रतीक पनि थिए, जसले अभयाका लागि यस पटक 'ट्यून'मा गीत लेखेका थिए । त्यसो त प्रतीकका लागि ट्यूनमा गीत लेख्नु उति रुचिकर लागेन, तर भनाइ अनुसार ट्यून यति राम्रो थियो कि कवि प्रतीकलाई गीत फुर्‍यो ।

बीबीसी वर्ल्ड सर्भिसले हालै आयोजन गरेको द नेक्स्ट बिग थिङमा उनले आफ्नो गीत पठाएकी थिइन्, तर पुग्यो बीबीसी नेपाली सेवामा । अनि उनलाई दोस्रो 'बनाइयो' । यसमा उनको गुनासो थियो, यसअघि यो पंक्तिकारसँग उनले त्यो कुरा गरिसकेकी थिइन् र म त्यसलाई कोट्याउन चाहन्न थिएँ । तर उनको घरमा पुगिसकेपछि बीबीसीको अनलाइनमा सुनिसकेको यो मस्त चिज मलाई सुन्नु थियो, साथीहरुलाई सुनाउनु थियो । आग्रह अनुसार त्यो गीत बज्यो र उपस्थित सबै पत्रकारलाई रुच्यो पनि ।

उनको नयाँ एल्बम अहिले कुनै पनि कम्पनीलाई 'बेचेकी' छैनन् । कारण के छ भने औधि बढी लगानी भएको यो एल्बम बेचेर उनको पैसा उठ्ला भन्ने उनलाई विश्वास छैन । त्यसमाथि कम्पनीको लामो 'प्रोसेस' आफ्नो ठाउँमा छँदैछ । त्यसकारण यस पटक उनलाई बढी मात्रामा मिडियाको हेल्प चाहिएको उनी बताउँदै थिइन् ।

यो पक्का हो, उनको नयाँ एल्बमले उनको रक गायिकाको इमेजलाई थोरबहुत पछि पार्नेछ । किनभने उनको गायकी पहिलेको भन्दा फरक त छँदैछ, झनै साधिएको पनि छ । अब तपाइँले भन्नुहोला, पत्रकारको यो लेखाइमा गायिकाको घरको बास्ना बढी आइरहेको छ । यसमा आंशिक सत्यता त होला तर एल्बम आएपछि तपाइँले यो महसूस अझ बढी टड्कारो रुपमा गर्नु हुनेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
उपलब्धि रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,