Home» Music »Feature

विज्ञापनमा नयाँ नाउँ



तपाइँले अहिले बज्दै गरेको विज्ञापन मायोज आम्मामा पल्सर अनि त्योभन्दा अघि मायोज मुठ्ठीमा हात्तीजस्ता विज्ञापन सुन्नु भएको वा हेर्नु भएको छ ? छ भने त्यसमा गाउने वा आवाज दिने व्यक्ति को होला भनेर सोच्नु भएको हुँदो हो । आउनुस्, आज तिनै व्यक्तिसँग तपाइँलाई परिचय गराऊँ ।

यी व्यक्ति हुन्, लक्ष्मण पौडेल । तर हिजोआज सङ्गीत उद्योगमा उनलाई डीजे एलएक्सका नामले बढी चिनिने गरिएको छ । हुन पनि पहिलो पटक उनले दीपेशकिशोर भट्टर्राईले गाएको 'एकै नजरमा माया बस्यो है...' रिमिक्स के गरेका थिए, उनको सङ्गीत मज्जैले चल्यो ।

त्यसयता उनले पछाडि फर्केर हेर्नु परेको छैन । त्यसो त उनलाई डिजे एलएक्स भनेर अझै पनि परिचय बनाउन केही समय कुर्नुपर्ने देखिएको छ । किनभने ए सङ्गीता...को रिमिक्स उनैले गरेका हुन् भन्ने थाहा पाउने अझै कमै छन् । अनि रामजाने र नयाँ गीतहरु उनकै भागमा परिरहेका छन् भन्ने सत्य पनि कमैलाई थाहा छ ।

डिजे स्याजबाट १० महिने डीजे तालिम सन् २००५ मा लिएपछि औचापरिक रुपमा यसमा उनी लागेका हुन् । पहिलेदेखि नै डान्स नम्बरका प्रेमी यी गायक पनि हुन् ।

सिमसिमे पानीमा..., मन छाडेँ मैचाङलाई..., सुन सुन सनम मलाया छाउनी... जस्ता गीतको रिमिक्स उनकै भागमा पर्न थालेपछि अहिले उनलाई लागेको छ, उनको रिमिक्सको गाडी चल्न थाल्यो । अहिले भर्खरै नेपालमा पहिलो पटक मोबाइल रिङटोन रिमिक्स गीत निकालेर चर्चा बटुलेका छन् । जसमा अशोक शर्माका अधिकांश चलचित्रगीतहरु उनले रिङटोन बनाएका छन् ।

यो रिङटोन बनाइसकेपछि चाहिँ उनी दुलोबाहिर निस्केका छन्, भन्छन्- "अब मलाई मान्छेले पत्याउने बेला हुन लाग्यो, त्यसैले कामको प्रचार प्रसारमा लागेको छु ।" हुन पनि यति काम गरेपछि त चर्चा पाउनै पर्‍यो नि, कि कसो ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सङ्गीतकार रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो गायिका प्रेम र विवाह रुचि कन्सर्ट नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री ट्रयाक बाहिर गायक समुद्रपार विचार
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,