Home» Around the World »Weird and Interesting

श्रीमान् श्रीमती दुवै वेश्यालयमा भेटिँदा



पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले बुधबारको अंकमा छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान-श्रीमती एकअर्कालाई हेरेर छक्क परे ।

श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गुह्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति रहेन । श्रीमानले प्वाक्क सोधिहाले- "यस्तो ठाउँमा तिमी के गर्दैछौ ?"

उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन्, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने- "म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् !"

विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले आफूहरुको पारपाचुकेका लागि निवेदन दिएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ श्रीमानश्रीमती मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन कीर्तिमान हलिउड परिस्थिति उपाय उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल