Home» Around the World »Weird and Interesting

शिक्षिकाले विद्यार्थीको जिब्रो काटिन् !



एक इटालेली शिक्षिकाले एक ७ वर्षीय विद्यार्थीको जिब्रोलाई कैँचीले काटेको आरोपमा दुइ महिने जागीरबाट बर्खास्तगी मात्र गरिएन कि उनलाई ७ हजार यूरोभन्दा बढी रकम जरिवाना तिराइएको छ ।

गएको मंगलबार मिलान शहरस्थित अदालतले यो कुराको निर्णय सुनाएको हो ।

तर सँगैमा अदालतले के पनि भनेको छ भने, विद्यार्थीको जिब्रो काटिनुमा शिक्षिका रोजा सिलिबर्र्टोको कुनै दोष छैन । खासमा विद्यार्थी चकचके र बढी बोल्ने नभएकाले पनि उनले चूप बसाउन यो उपाय अपनाउनु पर्ने कुनै कारण नभएको अदालतले निर्णयमा लेखेको छ ।

कैँचीसँग खेल्दै गर्दा विद्यार्थीले आफ्नो जिब्रो आफैँ काटेको भए पनि त्यसबेला शिक्षिका अगाडि भएको र उनले राम्रोसँग ध्यान पुर्‍याउन नसकेको विद्यार्थीका अभिभावकहरुको गुनासो रहेको थियो ।

तर आफ्नो ग्राहकमाथि जसरी पैसा तिर्न बाध्य पारिएको छ, रोजाको तर्फबाट मुद्दा लडिरहेका वकिल मार्को घेज्जीलाई चाहिँ चित्त बुझेको छैन । उनले भने- "मेरी मुवक्किलमाथि जबरजस्ती जुन किसिमले निर्णय लादिएको छ, त्यसबाट म खुश छैन । म यसका विरुद्धमा अपिल गर्नेछु ।"

यता ती बालकको जिब्रो काटिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो र त्यहाँ पाँच टाँका लगाउनु परेको समाचारमा जनाइएको छ ।

यस घटनालगत्तै शिक्षिका रोजालाई स्कूलबाट तत्काल बर्खास्त गरिएको छ, तर वकिल चाहिँ यस्तो वाहियात बर्खास्तगीविरुद्ध पुनः मुद्दा लड्ने बताइरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन श्रीमानश्रीमती फट्याइँ कीर्तिमान हलिउड परिस्थिति उपाय उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह