मुद्दा नै कीर्तिमान बन्ला भन्ने पीर
बुल्गेरियाका दुइ दाजुभाइले संसारभरिमै सबैभन्दा बढी मुद्दा हाल्ने रेकर्ड बनाउन लागेका छन् । पारिवारिक सम्पत्तिको खिचलोका कारण यी दुइ दाजुभाइले एक अर्कालाई दुइ सय बढी मुद्दा हालेका छन् र ती किनारा लागुञ्जेल शायद यिनका नातिले समेत अंश पाउने छैनन् ।
तासो हेडजेभ, ७४ र उनका दाजु एसेन, ७५, बुल्गेरियाको माल्का र्एडामा बस्छन् । यिनीहरुबीच पहिलो मुद्दा मामिला सन् १९६८ मा शुरु भएको थियो, जुन मुद्दा उनीहरुका मृत बुवा-आमाले छोडेको जमीनका विषयमा थियो ।
मुद्दा यता उनीहरुले वाषिर्क रुपमा कमाएको रकम वकिललाई तिर्दै ठीक भए पनि उनीहरुले अहिलेसम्म मुद्दा हाल्ने परम्परालाई धानिरहेका छन् ।
छिमेकी सब्का शेहोभा भन्छिन्- "उनीहरु सम्पत्तिको यो मुद्दामा यत्तिका वर्षयसरी गाँसिए कि अहिले कुनै एकले मुद्दालाई छोड्नु भनेको घाटाको व्यापार हुने देखिएकाले कोही पनि यसमा मिलापत्र गर्न राजी देखिएको छैन ।"
अर्कोतिर मुद्दा लडिरहेका दाजुभाइलाई एनानोभा एजेन्सीका पत्रकारले उनीहरुको मुद्दा मोहको भित्री रहस्य के होला भनी गरेको प्रश्नमा उत्तर दिन कुनै कष्ट नगरेको बताइएको छ । उनीहरुले भने- "हाम्रो आन्तरिक मामिलामा पत्रकारलाई के चासो ?"
छिमेकी सेहोबाले भनिन्- "हामीलाई यो यस्तो रोचक टेलिसिरियलजस्तो लागिरहेको छ, जसको न कुनै अन्त्य हुने छाँटकाँट छ, न त रोचकताको समाप्तिको चिन्ता !"
|