Home» City Life »Updates

जब मंसीरमा दशैँ र असारमा बुद्ध जयन्ती पर्छ

चाड पर्वको अहिले बिजोग छ । कात्तिकमा दशैँ पर्छ, बैशाख पूणिर्माको बुद्ध जयन्ती जेठमा । ऋषि तर्पणी र अन्य मुख्य पर्वहरु साउनमा हुनु पर्नेमा भदौ र असोजसम्म आइपुग्न थालेका छन् ।

यस्तो अवस्थाबाट वाक्क भएका पण्डित पुरोहितहरुले सरकारलाई पर्व सुधार गर्न आग्रह गरेका छन् । जात्रा र पर्वहरुको गाइजात्रे स्थिति सिर्जना नहोस् भनेर आउँदो वर्ष२०६६ को चैत महिनालाई नै बैशाख महिना घोषणा गर्नुपर्ने आवाज उठाइरहेका छन् । जसअर्न्तर्गत २०६७ साललाई पर्व सुधार वर्षा रुपमा घोषणा गरी लागू गरिनुपर्ने माग उनीहरुले गरेका छन् ।

केही अघि विद्वानहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको थियो भने माघेसङ्क्रान्ति र श्रावणसङ्क्रान्तिजस्ता स्थायी अयन विन्दुहरु वास्तविक वा चलायमान अयन विन्दुबाट करिव २४ दिन पछाडि परी हाम्रो पर्वको स्थितिलाई फलहीन पारेको ठहर गरी सो सुझाव दिएको हो ।

समितिले २०६७ सालमा अधिकमास पर्ने हुँदा सोही समयदेखि मङ्सिरलाई पुस र पुसलाई माघ महिना मानी क्यालेण्डर बनाउनुपर्ने प्रस्ताव एक नमूना क्यालेण्डर तयार गरेको छ ।

पर्वहरुको ऋतु सुधार गर्दा कुनै सैद्धान्तिक आपत्ति हुने भए विज्ञहरुबाट त्यसको कारण स्पष्ट खुलाई आगामी माघ १५ गतेभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयमा पेस गर्न पनि आग्रह गरिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
हल्ला समलिङगी मोबाईल सेलेब्रिटी पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,