Home» Around the World »Weird and Interesting

६५ वर्षपछि केरा फिर्ता



एउटा राम्रो कामको परिणाम पनि राम्रै हुन्छ । अथवा यसो भनुँ, राम्रो कामको अन्त्य पनि राम्ररी नै गरिनु पर्छ । चाहे त्यसको लागि ६५ वर्ष नै कुर्नु किन नपरोस् ।

घटना विवरणअनुसार सन् १९४३ मा दोस्रो विश्वयुद्ध हुँदा दक्षिणी लण्डनस्थित ४ वर्षीया लिज हाइड नराम्ररी घाइते हुन पुगिन् । जर्मन सेनाले फ्याँकेको बमका कारण उनी घाइते भएकी थिइन् । उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो ।

उनी जुन अस्पतालमा भर्ना भएकी थिइन्, त्यसबेला बेलायतकी महारानी एलिजाबेथ द्वितीया पनि बमबाट घाइते भएका व्यक्तिहरुलाई निरीक्षण गर्न अस्पताल गएकी थिइन् । अस्पतालमा विरामी निरीक्षणका क्रममा रानीले एउटी चार वर्षीया बालिकालाई केरा उपहार दिएकी थिइन् ।

त्यो संस्मरण फोटो भएर जिन्दगीभर ती बालिकाको मस्तिष्कमा रह्यो । त्यसपछि उनलाई सधैँ लागिरह्यो कि यो उपहारको साटो महारानी एलिजाबेथलाई केही दिऊँ । र, यो अवस्था जुर्‍यो दुइ दिनअघि ।

लिज नामक ती महिला किंग्स लिन नामक अस्पतालमा एक्स रेका लागि उपस्थित भएकी थिइन् । संयोगवश महारानी एलिजाबेथ पनि उक्त अस्पतालमा आइपुगेकी थिइन् । त्यही बेला उनले पुरानो फोटो देखाउँदै र पुराना कुरा सम्झाउँदै दुइ वटा केरा उपहार दिन भ्याइन् ।

सन्तोषको लामो स्वास फेर्दै लिजले भनिन्- "मैले मेरी महारानीलाई सही तरिकाले धन्यवाद व्यक्त गर्न सकेँ, अब म मरेँ भने पनि त्यसको ऋण लाग्ने छैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: