Home» Music »Feature

४१ वर्षपछि प्रेमध्वजको एकल गायन

कहिलेकाहीँ नसोचेको कुरा कीर्तिमान बन्दोरहेछ । यतिबेला बहुचर्चित गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि नेपालयको आयोजनमा पलेँटीमा गाउन बस्दा यो लामो समयपछिको एकल गायन बन्ला भन्ने उनले सोचेका पनि थिएनन् ।

नेपालयको आर शालामा हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार हुने साँगीतिक कार्यक्रम पलेंटीको सन् २००८ को पहिलो कार्यक्रममा मखमली स्वरका धनी वरिष्ठ गायक प्रेमध्वज प्रधानले उपस्थित श्रोता तथा दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । आफ्नो पहिलो गीत "माया नमार मायालु" बाट शुरु गरेर ७२ वर्ष टेकेका गायक प्रधानले घुम्तीमा नआऊ है, तारामात्र हैन तिमीलाई, टाढा लैजाऊ फूलहरु, यो नानीको शिरैमा र गोरेटो त्यो गाउँको, राजामति जस्ता १८ सदाबहार र लोकप्रिय गीत र तिनीहरुसंग जोडिएका पुराना संस्मरणहरु सुनाएका थिए ।

गायिका संगीता प्रधानले चलचित्र माइतीघरको गीत नमान लाज यस्तरीमा उहाँलाई साथ दिनुभएको थियो ।

"उहाँ जस्तो गायकसंग गाउनु मेरो लागि अत्यन्तै संस्मरणीय रह्यो," संगीताले प्रेमध्वजसित गाउन पाएको अनुभूति श्रोता, दर्शकबीच बाँड्दै भनिन् ।

"त्यति बेला अहिले जस्तो सुविधा कहाँ थियो र ? गीत रेकर्ड गर्न भीमफेदीको बाटो भएर हेटौंडासम्म हिंडेर त्यहाँबाट बस र ट्रेन गर्दै हप्तौं लगाएर भारत पुग्नुपथ्र्यो," गायक प्रधानले स्मृतिका पाटाहरु खोल्दा नेपाली संगीतका लागि त्यो पुस्ताले गरको मेहेनत र योगदान प्रति सबै नतमस्तक भएका थिए ।  

"सरल र सहज स्वभावका गायक प्रेमध्वज आफ्नो कलाकर्मका निम्ति निरन्तर समर्पित व्यक्तित्व हो, " प्रेमध्वज प्रधानका समकालीन वरिष्ठ गीतकार रत्नशमशेर थापाले बताए ।

पलेंटी श्रृंखलामा प्रेमध्वज प्रधानलाई प्रस्तुत गर्ने धेरै पहिलेदेखिको चाहना पूरा भएकोमा प्रस्तुतकर्ता आभासले खुशी व्यक्त गर्दै गायक प्रधानप्रति आभार व्यक्त गरेका थिए ।

आभाषले भने- "उहाँका सबै गीतहरु यति धेरै राम्रा र लोकप्रिय छन्, ती मध्ये १४ वटा छान्नु भनेको आफैंमा साह्रै नै कठीन थियो ।"  

गायक तथा संगीतकार आभासबाटै सन् २००५ मा शुरु भएको पलेंटी श्रृंखलामा अहिलेसम्म नेपाल र भारतका चर्चित नेपाली संगीत साधकहरुलाई प्रस्तुत गरिसकिएको छ भने यो क्रमले २००८ मा पनि निरन्तरता पाउने कुरा नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठले बताउनुभयो ।  

संगीत साधकहरुको सामीप्यमा बसेर श्रोताहरुले स्तरीय नेपाली गीतसंगीतको आनन्द लिन सक्नु नै पलेंटीको सफलता र विशेषता बन्न पुगेको छ ।

Related Article:
मखमली आवाज र प्रेमध्वज प्रधान

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्सर्ट गायक रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार उपलब्धि हल्ला ट्रयाक बाहिर भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read