Home» Cinema »Feature

चंखे रहेनन्- रेखा ओझा

६० वर्षो उमेरमा नेपालका प्रख्यात हास्य अभिनेता गोपालराज मैनालीको काठमाडौँ मेडिकल कलेज अस्पताल काठमाडौँमा निधन भएको छ ।

नेपाली मनोरञ्जन उद्योगमा मैनाली हास्य लिजण्डका रुपमा चिनिन्थे । उनलाई निमोनिया बिग्रिएपछि एक महिनायता अस्पताल भर्ना भएका थिए ।

उनको देहान्तमा उनका एक मात्र छोरा संजीवबाहेक अन्यको उपस्थिति थिएन ।

उनको देहान्त राती १२ः३० बजे भए पनि कसैलाई खबर नगरी बिहान सबेरै सद्गत् गरेकोमा चलचित्र उद्योगले निन्दा गरेको छ । उहाँसँग नजिकको सम्बन्ध भएका कलाकारहरुले आफूले उहाँलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नपाएकोमा ज्यादै दुःख व्यक्त गरेका छन् ।

कलाकार मैनाली ६० भन्दा बढी चलचित्र त्यत्तिकै मात्रामा टेलिचलचित्र तथा लगभग सय नाटकमा आफ्नो सशक्त भूमिका प्रस्तुत गरिसकेका मैनाली मालपोत विभागका कर्मचारी थिए । आमा चलचित्रमा कलाकारको आवश्यकता विज्ञापन देखेपछि अन्तरवार्ता दिए पनि चलचित्र खेल्न नपाएका मैनालीले पहिलो पटक मनको बाँधमा अभिनय गरेका थिए । हिजोआजभोलिमा शर्ेपा केटाको भूमिकाले पनि जन्म नसकेका मैनालीलाई सिन्दूर र जीवनरेखाले अमर बनाइदियो ।

पछिल्लो पटक प्रकाश थापाकै कन्यादानमा उनको भूमिकालाई पुनः जीवित पारिदिएको थियो । तर त्यसपछिका चलचित्रले भने उनलाई उति ठाउँ थिएन ।
पछिल्लो समय नेपाली चलचित्र उद्योगले आफ्नो ठाउँ बिर्सँदै गएकोमा उनी खिन्न देखिन्थे ।
नेपालको यति महान कलाकारको र्स्वगारोहणले आज सारा कलाप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ । तर एउटा दुःखको कुरा यति महान् कलाकार जसले नेपालको कलाकारिता क्षेत्रमा हास्यब्यंग्यको शुरुवात गर्नुभयो । तर उहाँको मुत्युको खबर नत सहकर्मीले नै थाहा पाए नत कुनै मिडियालेनै । कलाकार तथा सञ्चारकर्मीहरुलाई अन्तिम अवस्थामा जानकारी नदिइएकामा निकै आक्रोश र खिन्नता व्यक्त गरेको पाइयो । तीमध्ये केही यस प्रकार छन्-

दुःख लाग्यो, जुन कुराको जानकारी भर्खरै तपाइको मुखबाट सुनें । कलाकार कसैको निजी सम्पत्ति हैन, उ त सारा राष्ट्रको गहना हो । गोपाल दाइको यो प्रकारको दाहसंस्कारले मलाई निराशा लाग्यो । हामीले कलाकारिता किन गर्ने - मेरो मनले प्रश्न गर्यो मलाई नै ।
       - निर्मल शर्मा -कलाकार, निर्माता)

दुःख लाग्यो, यति महान् कलाकारको शरीरमा एउटा फूलको गुच्छासम्म चढाएर उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न नपाउँदा, र सहकर्मी पत्रकार साथीहरुलाई उहाँको परिवारबाट जुन किसिमको नराम्रो व्यवहार गरियो त्यस खबरले लाग्यो, कलाकार कसैको निजी सम्पत्ति हो । उहाँको मृत्युको खबरले त त्यसै पनि दुःख लागिहाल्यो । त्यहाँमाथि जुन पत्रकार साथीहरुमाथि गरेको नराम्रो व्यवहारले झनै दुःख लाग्यो ।
      - दयाराम पाण्डे -संचारकर्मी, गितकार)

दुःख लाग्यो यति महान् कलाकारको मृत्युको खबर टेलिभिजनबाट सुन्दा । उहाँजस्तो महान् कलाकारको मृत शरीरमा हामीले एउटा फूलको थुँगासम्म चढाउन नपाउनु भनेको बढो दुःखको कुरा हो ।
      - महेश खड्का -संगीतकार)

एउटा हास्य कलाकारको निधन, त्यहाँमाथि पनि यति दुःखद अन्त्येष्टि, हामी पत्रकारमाथि भएको नराम्रो व्यवहार । जस्तै उहाँकी साली ममता उप्रेतीले हामीलाई संचार माध्यम र कुनै पत्रकारसँग मतलब छैन भनेर हामीमाथि गरेको रुखो व्यवहार र हतार हतारमा गरेको उहाँको अन्त्येष्टी । अर्को कुरा, यत्रो दिन आफ्नो श्रीमान् र बाबुको यति लामो हस्पिटलाइजमा पनि आफ्नी श्रीमति र छोरी नायिका सज्जा मैनालीको अमेरीका भ्रमणले गर्दा लाग्छ, छोरी सज्जा मैनाली -नायिका) जुन आजसम्म गोपालराज मैनालीकी छोरी महान् नायिकाको रुपमा चिनीएकी थिइन्, उनको बाबुप्रतिको यो व्यवहारले आज मलाई लाग्यो उनी महान् हैन- नालायक छोरी सम्भिmए भएको छ हामीले उनलाई ।
      - राजन घिमिरे -रंग पत्रकार)
 


मान्छेले नाम कमाउनु भनेको नै मर्दाको मलामीको लागि हो, भन्छन् नि बाँच्दाको जन्ति र मर्दाको मलामी बिनाको लाइफ के काम ! र, अहिले फस्टमै तपाइको मुखबाट सुन्दा साह्रै दुःख लाग्यो ।
      - रेखा थापा -नायिका)

उटा दुःखद निधन, न त परिवारको साथ, न त सहकर्मीहरुकै साथ भयो उहाँलाई । न कुनै कलाकार न कुनै पत्रकार । बिरामी हुँदा पनि कोहीबाट पहल भएन । यसले गर्दा मलाई लाग्छ कलाकारितामा एउटा ठूलो स्वार्थीपन लुकेको रहेछ । जुन कुराको पुष्टि गोपाल दाइको निदनले पत्ता लाग्यो ।
      - सुब्रत आचार्य -रंग पत्रकार)

दुःख लाग्यो, विहानै उठेर न्युज हर्ेदा बल्ल थाहा पाएँ । मलाई लाग्थ्यो एकदिन एकेडेमीमा राखेर श्रद्धान्जली कार्यक्रम गरेर दाहसंस्कार गरेको भए राम्रो हुने थियो ।
      - रामकृष्ण ढकाल -गायक)

दुःख लाग्यो, नेपाली कलाकारिता क्षेत्रमा हास्यविधाको शुरुवात नै उहाँबाट भएको थियो । मलाई लाग्छ हामी कलाकारहरुले श्रद्धान्जली दिन नपाउनु भनेको सिधै हाम्रो अधिकार हनन् गर्नु हो ।
      - सरिता लामिछाने -नायिका, संचारकर्मी)

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: