Home» City Life »Updates

कीर्तिमानको चाह


रेखा ओझा

 

माघ १८ गते बिहिबार नील डेभिड कटुवालले काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आँखामा पट्टी बाँधी विभिन्न पाँच शैलीमा कपाल काटेर कीर्तिमान कायम गरेका छन् ।

 

हजाम पेशाप्रति नेपाली युवाहरुको ध्यान आकृष्ट गर्ने उद्देश्यका साथ नील डेभिडले यो कीर्तिमानी काम गरेको उनले बताएका छन् ।

 

नेपाली युवाहरुको कपाल काट्दा समाजमा तल्लो स्तरको हजाम नाम दिएर संकेत गरिन्छ । तर विदेशमा टोनी एण्ड गायज जस्ता व्यक्तिले यहि पेशाबाट आफ्नो नाम र इज्जतको साथ साथै देशमा सयौं सैलुन खोली राष्ट्रलाई ठूलो आर्थिक सहयोग पुर्याएको छ । साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रबाट मान सम्मान पाएका छन् । तर हाम्रो देशमा अझै पनि समाज र सरकारले हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । नील डेभिड र यस पेशामा संलग्न अन्य युवाहरु यो पेशालाई अंगाल्न अझ पनि ठोस निर्णय गर्न सकेका छैनन् ।

 

उनले यहि पेशाबाट पनि आफूलाई मान सम्मान दिलाउने माध्यमका साथै समाजसेवा गर्ने आधार बनाउन सकिन्छ भन्ने सन्देश दिन चाहेका छन् । यस किसिमको कार्यक्रमले हिजोसम्म नेपाली युवाहरुले नअंगालेको यो पेशालाई आज आएर कतिपय दृष्टिविहीनहरुका लागि समेत फलदायी भएको छ ।

 

"कारणवश नेत्र ज्योति गुमाएका युवायुवतीहरुलाई आफ्नो धारणा सहि राखेर कडा मेहनतका साथमा शिखरमा पुग्नका लागि आँखामा ज्योति हुन आवश्यक छैन आँखा चिम्लेर पनि त्यो लक्ष्यमा पुग्न सकिन्छ । यो मेरो हाम्रो देश नेपालमा मात्र नभई आगामी १-२ वर्षभित्रमा विश्व रेकर्ड (गिनिज बुक) मा समेत रेकर्ड राख्नका लागि गरिएको यो एउटा नमुना र नेपालीहरुको पहिचान अन्तराष्ट्रिय जगतमा चिनाउन प्रयासरत छु", उनको भनाइ थियो ।

         

सो कार्यक्रममा उनले सम्पूर्ण नेपाली पत्रपत्रिका, एफएम-रेडियो तथा टेलिभिजनका सञ्चारकर्मीहरुको उपस्थितिमा प्रत्यक्ष रुपमा आँखामा पट्टी बाँधेर ५ थरीको कपाल काटेर आर्श्चर्यचकित बनाइदिएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: