Home» City Life »Updates

कति सुन्दर कसरी जाँच्ने ?



शहरमा सौन्दर्य प्रतियोगिताको पसल थापेर बस्नेहरु पनि छन् । यस्तोमा कसैले नयाँ प्रतियोगिता गर्छु र यो अरुभन्दा पृथक् हुनेछ भनेर दाबी गर्यो भने कुनामा पसेर कुटिल मुस्कान छाड्नेहरुको कमी हुने छैन ।

यस्तै भयो जब मिस्टर एण्ड मिस टीन कलेज नामक कार्यक्रम गर्नका लागि बुद्धिजीविहरुलाई युथ फर युथ नामक संस्थाले छलफलका लागि निम्त्यायो ।

धेरैजसो वक्ताहरु चाहिँ स्वतन्त्रतापूर्वक कार्यक्रम सम्पन्न हुन नसक्ने र पारदर्शी बनाउन गाह्रै हुने भनाइ राखिरहेका थिए भने कार्यक्रमका विरोधमा चाहिँ कसैले पनि बोलिरहेका थिएनन् । सबैले कार्यक्रम आवश्यक छ तर सही व्यक्तिलाई सर्वोत्कृष्ट बनाउनबाट आयोजकहरु चुकेको विषयमा धेरै जना केन्द्रित रहेका थिए ।

यस्तो अवस्थामा आफूभन्दा अग्रजका बात सुनेर त्यसलाई आशीर्वादका रुपमा थाप्ने र काम गरिकन छाड्ने युथ फर युथका आयोजकहरुले जनाएका छन् ।

यसलाई आयोजकहरु एउटा अद्वितीय सौन्दर्य तथा बौद्धिक प्रतियोगिताका रुपमा चिनाइरहेका थिए । यस प्रतियोगितामा सहभागी भएर विजेता हुनेहरुले मात्र धेरै थोक पाउने भन्दा पनि नजित्नेहरुका लागि पनि मार्ग प्रशस्त हुने वातावरण बनाउने आयोजकहरुको दाबी छ ।

आउँदो बैशाखमा यो कार्यक्रम गर्नुअघि नै व्यापक रुपमा छलफल चलाइएको शायद यो पहिलो पटक हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,