राम्रा बन्दैनन्, नराम्रा चल्दैनन्

च्लचित्र हेरेर मनोरञ्जन गर्नका लागि सिनेमा हल जाने कुरा धेरै समयदेखि कम भइसकेको छ । केबुल टीभी, राजनीतिक अस्थिरता, सस्ता चिनियाँ भीसीडी तथा डीभीडी प्लेयरहरुको बढ्दो प्रयोग र राम्रा फिल्मका पाइरेटेड सीडी, डीभीडीहरु सजिलै उपलब्ध हुनुले नयाँ सिनेमा घरैमा बसी आनन्दसँग हर्ेन पाइनु पनि चलचित्रको कम व्यापार हुने कारकमध्ये पर्छन् ।
सामूहिक हिसाबले हलमा गएर चलचित्र हर्ेर्नुको मज्जा बेग्लै छ । राम्रो हल, आकर्ष चलचित्र र गज्जबको वातावरण भयो भने सिनेमा हल प्याक हुन्छन् भन्ने उदाहरण खोज्न अन्त कतै जानु पर्दैन, कुमारी र जय नेपाल हल पुगे हुन्छ । महंगा मानिए पनि यिन प्रतिको आकर्षा देखिएकै हो ।
नेपालमा ३०० लगभगमा सिनेमा हल निर्माण भए पनि देशको राजनीतिक अवस्था र आर्थिक मन्दीले आधाभन्दा बढी हलहरु बन्द भइसकेका छन् । चलचित्रको व्यापारमा दुहुनो गाई साबित भएको हल सञ्चालन व्यवसायमा ह्वात्तै कमी आएपछि करोडौँको घाटा सहेर हल चलाउनु भन्दा बन्द गर्नै ठीक देखेर बन्द भएका अनेक हल छन् ।
हलहरु बन्द हुनुमा संकटकाल मूल रुपमा देखिए पनि संकटकाल हटेपछिका समयमा पनि यसमा देखिनु पर्ने क्रमिक सुधार अझै देखिन सकेको छैन । त्यसो त चलचित्र नचल्नुमा र सिनेमा हल बन्द हुनुमा राजनीतिक अवस्था भन्दा पनि स्तरीय चलचित्रको अभाव पनि कम दोषी छैन ।
विदेशी चलचित्र चाहिँ मारामार चल्नु अनि नेपाली चलचित्रका दर्शक चाहिँ शीला खोज्नु पर्ने अवस्था राजनीतिक अव्यवस्थाका कारण पक्कै पनि होइन । मूलतः यसको कारक तत्व विगत पाँच दशकयता नेपाली चलचित्रको निर्माण शैली र शिल्पमा तात्विक भिन्नता नआउनु नै हो । "क्लिसे" चलचित्र निर्माण र नयाँपनको अभावले दर्शक भाँडिएका पक्कै हुन् । त्यसो त केही निर्माता, निर्देशकहरुले भीडभन्दा अलग गर्न नखोजेका चाहिँ होइनन्, तर एकै रसको स्वाद लिएका दर्शकहरुले यो नयाँ स्वादलाई हजम गर्नै नसकेका उदाहरण पनि देखिएका छन् ।
नराम्रा चलचित्र अब चल्दैनन्, त्यसैले त्यस्ता चलचित्र बनाउनुको औचित्य समाप्त भइसकेको छ । त्यसैले नयाँ शैली र शिल्पमा नयाँ विषयवस्तुका चलचित्र बनायो भने कम डुब्ने सम्भावना रहन्छ । जस्तो कि यस पटक पर््रदर्शन भएको कागबेनीले यो कुरालाई थोरबहुत प्रमाणित गरेको छ । यस कुरामा अझै पनि नचेत्ने हो भने उद्योग त सकिन्छ नै निर्माता/निर्देशकहरु पनि एकादेशको कथा नबन्लान् भन्न सकिन्न ।