कलाकार केसीलाई मार्ने धम्की

- ऋषिराम कट्टेल
चलचित्रको पर्दामा अरुको शान्ति सुरक्षा दिने प्रहरीको भूमिकामा अधिकांश देखिने कलाकार बिनोद केसीको वास्तविक जीवन भने स्वयम् असुरक्षित बनेको छ ।
५ वर्षेखि बिशेषतः प्रहरीको भूमिकाबाट दर्शकमाझ चिनिएका यी कलाकारलाई ४ दिन यता निरन्तर मार्ने धम्की आएपछि उनलाइ आफ्नै लागि सुरक्षा खड्केको हो ।
मेरो त खासै कोही सग दुस्मनी थिएन तर मलाई र मेरो परिवारलाई हाम्रो माग पूरा नभए जे पनि गर्न सक्ने भन्दै कसैले धम्काइरहको छ बुधबार उनले इनशाडटकमसँग भने ।
शुरुका दिनमा फोनमा धम्की मात्रै आए पनि अहिले माग बमोजिमको पैसा नदिए विनोदलाई नै मार्ने धम्की दिएको उनको कथन छ ।
उनका अनुसार आउँदो आइतबारभित्र ५ लाख नबुझाए मार्ने धम्की दिएका छन् ।
आज विहान मात्र पनि फोन गरेर तँलाई मात्र हैन तेरो परिवारलाई समेत हामी जे पनि गर्न सक्छौं भने, उनी भन्छन्- तर कसले किन धम्काइरहेको छ, बुझ्न सकेको छैन ।
फोन भने नो नम्बरबाट आउने गरेको उनको भनाइ छ । सो व्यक्तिले मिडिया र प्रहरीलाई खबर गरे अझै जोखिम हुनेसमेत पटक-पटक दोहोर्याउँदै आएको छ, यस्तो अवस्थामा म के गरौं, उनले इनशाडटकमसँग दुखेसो पोख्छन् ।
टेलिचलचित्र क्याट्यान्डुबाट अभिनय क्षेत्रमा आएका यी कलाकारले हाल नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेका टेलिचलचित्र पर्खाल र लगन जर्ुला जस्तो छ मा क्रमश डिएसपी र इन्स्पेक्टरको भूमिकामा अभिनय गर्दै आएका छन् ।
थौरै भए पुगिसरी, तीतो सत्य, जीवनचक्र, मेरी बास्सै, परिचय, श्रीमती जिन्दाबाद, उद्घाटन लगायतका एक दर्जन बढी टेलिचलचिमा अभिनय गरिसकेका विनोदले २ दर्जन वृत्तचित्रसमेत निर्माण/निर्देशन गरेका छन् ।
विशेषगरी हास्य टेलिश्रृङ्खला जीरेखर्ुसानीबाट दर्शकमाझ चिनिएका उनी केही समययता सो टेलिश्रृङ्खलामा आपसी मनमुटावका कारण अभिनय गर्न छोडेको बताएका छन् ।
