असुरक्षित उपत्यका

पैसा छ तर पेट्रोल पाइदैन, पैसा छ तर चाहेजस्तो खान पाइँदैन, अनि पैसा छ तर भनेजस्तो पाइँदैन । तर यहाँ जुन नहुनुपर्ने हो त्यो चाहिँ भइरहन्छ । पेट्रोलको अभावले कम गुडेका यातायातको साधनले दर्ुघटना कम भएको सूचि आउँदो महिना त कस्तो आउला, तर गएको माघ महिना भएको दर्ुघटनाको सूचि हर्ेर्ने हो भने हामी सबैभन्दा खतरनाक उपत्यकामा बास गरिरहेको स्पष्ट झल्को आउँछ ।
प्रहरी सूत्रका अनुसार गत माघ महिनामा काठमाडाै, ललितपुर र भक्तपुरमा जिल्लामा कूल १ सय ६२ सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा २ सय ६२ सवारी साधनहरु संलग्न रहेका छन् ।
दुर्घटनामा परेर ९ जना मानिसको मृत्यु, ३६ जना गम्भीर घाइते र १ सय ३८ जना मानिस सामान्य घाइते भएका छन् ।
ती दुर्घटनामध्ये माइतीघरमा १४, बबरमहलमा १०, मिनभवनमा ७, एअरपोर्टमा ११, गट्ठाघरमा १२, भक्तपुरमा १३, सातदोवाटोमा १२, कंलकीमा १२, थानकोटमा ८, सितापाइलमा ७, गंगवुमा ९ , महाराजगंजमा १०, सुकेधारामा ९, चावहिल बौद्धमा १३ र जाउलाखेलमा १५ वटा सवारी दुर्घटना भएका थिए ।
यसैगरी दुर्घटनामा संलग्न २ सय ६२ सवारी साधनमध्ये ट्रक ३७, बस १९, कार जीप भ्यान ७३, मोटरसाइकल १ सय १५, ट्याक्टर ५, टेम्पो ३ र साइकल १० वटा रहेका छन् ।
ती दुर्घटनामध्ये चालकको लापरवाहीको कारणबाट ३२, यात्रुको गल्तीको कारणबाट ६, ओभरटेकबाट १७, तीव्रगतीको कारणबाट ४६, मादक पदार्थ सेवनबाट ३१, यान्त्रिक गडबढीको कारणबाट १४ र ओभरलोडबाट १६ वटा दर्ुघटना भएको कुरा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
सबैभन्दा खतरा चाहिँ चालकहरुबाट नै देखिएको छ, जसमा सबैभन्दा तीव्र गतिमा गाडी वा मोटरसाइकल दगुर्याउने र लापरवाही गर्नेहरुले अर्काको जीवनलाई खतरामा पारिरहेका छन् । त्यसपछि मादक पदार्थ सेवन अर्को मूल समस्या देखिएको छ ।
हामी अरुलाई गाली गर्र्छौँ, तर हामी आफैँ चाहिँ कति सचेत छौँ एक पटक सोचौँ त !
यो एउटा सानो उदाहरण पनि हेरिहालौँ-
मोटरसाइकल दुर्घटनामा परेर मोटरसाइकल चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-५ बस्ने ३५ बर्षीय फागुन ४ मा हिराकाजी धुजुको मृत्यु भएको छ ।
गए राति पौने १ बजे उनी सवार बा.१७ प ९२६६ नम्वरको मोटरसाइकल काठमाडौ महानगरपालिका-३५ मनहरापुल नजिक डिजेलको लाइनमा रहेको ना.१ ख ४८०९ नम्वरको ट्रकमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीर अस्पताल पुर्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसी यात्रा गर्ने सोही ठाउँ बस्ने २७ बषर्ीय राजन दुलाल समेत घाइते भएकोले उपचारको लागि बीर अस्पतालमा लगिएको छ । उनको अवस्था हाल सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अब पनि हामीले अर्काको जीवनबाट पाठ नसिक्ने !