Home» Around the World »Weird and Interesting

नाम जुधे पनि त्यो चोरी थिएन

उस्तै नामको चेक साटेर चम्पट ठोकेको भनेर आरोप लगाइएका एक व्यक्तिको बचावमा तिनकी वकिलले उक्त आरोप झूटा भएको बरु बैंककै ठूलो कमजोरी रहेको बताएकी छिन् ।

हुन पनि बेन्जामिन लोवेल जब पैसा साट्न न्यूयोर्कस्थित एउटा बैंकमा गए, उनलाई बोलाइयो । आफ्नै नामले बोलाइएपछि उनी गए र बैंक मेनेजरले उनलाई २० लाख अमेरिकी डलर थमायो । बेन्जामिनले पनि पेसा लिएर हिँडिदिए ।

पछि पो उक्त पैसाको असली हकदार वास्तविक बेञ्जामिन लवेल आएर आफ्नो पैसा के भयो भनी सोध्दा बैंकका मेनेजरको सातोपुत्लो उड्यो । यसपछि बैंकले अर्का बेञ्जामिनमाथि मुद्दा हाल्यो र भन्यो, बेञ्जामिनले बैंक डकैती गरे ।

यता पैसा बुझ्ने बेञ्जामिनले केही कुरा नखोले पनि उनकी वकिल जुली फ्राईले संवाददाताहरुलाई भनिन्- "बेञ्जामिनले कुनै पनि बैंक लुटेका होइनन्, बरु यसमा त बैंककै दोष छ ।"

त्यसो त आफ्नो बैंक अकाउण्टमा ५८ लाख डलर राख्ने व्यक्ति बैंक गएर त अवश्य पनि लुट्दैन होला । तर यी ४८ वर्षीय ब्रुकलिनका सेल्सम्यानलाई गम्भीर किसिमको चोरीको अभियोगमा पक्राउ गरिएको छ । उनलाई तत्काल १० हजार डलर नगदमा धरौटीमा छाडिएको थियो ।

यता पैसा पाएपछि उनले पनि धेरैजसो रकम गहनागुरिया, साथीभाइहरुलाई नगद उपहार दिएका छन् ।

उक्त पैसा चाहिँ बेञ्जामिन लवेलको ट्रष्टबाट झिकिएको र यसमा बेञ्जामिन लवेलको सहीदस्तखत रहनुपर्नेमा सो पनि मिलेको बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन बलिउड भव्यता इन्टरनेट नग्नता श्रीमानश्रीमती मूर्ख्याइँ उपाय उदेकलाग्दो परिस्थिति हलिउड कीर्तिमान उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music,